तपाईकाे साप्ताहिक राशीफल ( मंसिर १४ गते आइतबारदेखि २० गते शनिबारसम्म)
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १२:१५:५३
मेष :-(‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’)
कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यवासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला । छाती तथा श्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । तरपनि पैत्रिक घरजग्गामा गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यक्तित्वहरुसँग विवाद हुने योग रहेको छ ।
बृष:- (‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’)
सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुढृढ हुने समय रहेको छ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यवसायबाट मनग्गे धन सम्पत्ति कमाउन सकिने हुँदा आवश्यकताहरू परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मानसम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ ।
मिथुन :-(‘का,की,कू,घ,ङ,छ,के,को,हा’)
मंगलबार साँझसम्मको समय मध्यम रहेकोले मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ । कामगर्दा सावधानी अपनाउनु होला । व्यापार व्यवसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईसँग टाढिनेछन् । पतिपत्नी बीच मनमुटाब बढ्नेछ । मंगलबार साँझबाट समय उत्तम रहेकोले पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ ।
कर्कट:-(‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फन मनग्गे धनआर्जन गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाईलेखाईमा अल्छी गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । व्यापार व्यवसाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेको छ ।
सिंह:- (‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’)
साताको सुरु र अन्तको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला, तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेको छ । भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यवसाय खस्केर जाने ग्रहयोग रहेको छ । मंगलबार साँझबाट बिहीबारसम्मको समय राम्रो रहेकोले साथीभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कन्या:- (‘टो,पा,पी,पु,ष,ण,ठ,पे,पो’)
अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरुबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुशी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तुला:- (‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’)
मंगलबार साँझसम्मको समय मध्यम रहेकोले दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आईलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । मंगलबार साँझबाट धर्म,संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।
बृश्चिक :- (‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’)
साताको सुरु र अन्तको समय उत्तम रहेकोले साझेदारी व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यवसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।
धनु:- (‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’)
समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवन साथीसँगको असमजदारीले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा रुपैयाँ पैसाको व्यवस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । तरपनि प्रयत्न गर्दा फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा पतिपत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । साथीसंगी तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ ।
मकर :-(‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’)
समय राम्रो रहेकोले ईमान्दारितापुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । सांगठनिक टीम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पत्तिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुशी रहनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जीत निश्चित हुनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।
कुम्भ:- (‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’)
साताको सुरु र अन्तको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजारा गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ, ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला, समय मध्यम रहेको छ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरी तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धाहरु बलिया हुन सक्छन्, ध्यान दिनुहोला । मंगलबार साँझबाट बिहीबारसम्मको समय उत्तम रहेकोले स्कूल, कलेज, बैंक तथा बित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयरबजार तथा सट्टाको व्यवसायमा बिशेष लाभ लिन सकिनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुढूढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।
मीन:- (‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’)
बुधबार सम्मको समय मध्यम रहेकोले पहिलेका कमी–कमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । बिहीबारबाट समय उत्तम रहेकोले बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयरबजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् । तपाईको दिन शुभ रहोस् ।
♦ज्योतिषी गणेश काफ्ले
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ९, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
कात्तिक ७, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार