महासंघको चुनाव पछि शेयरबजार झन् बढ्यो
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १७:४९:१७
१४ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दिन–दिनै रेकर्ड ब्रेक गर्दै उकालो लागेको छ । हिजो सकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएसँगै बढिरहेको बजारमा थप उत्साह देखिएको हाे ।
आज बजार खुलेदेखि नै सकारात्मक लयमा बढेको थियो । ११ बजे १९१२.५५ बिन्दुबाट अगाडि बढेको नेप्से पाँच मिनेट भित्र नै १९१८ को लाइनमा पुगेको थियो । हल्का घटेजस्तो देखिए पनि नेप्सेले लयकायम राख्दै आधा घण्टा नबित्दै १९३७ को बिन्दु पार गरेको छ ।
एकाथरि लगानीकर्ता बैंकबाट पाउने शेयर कर्जाको व्याजदर कम हुनुको प्रभाव बजारमा परेको जनाइरहेका छन् । आजबाट बजारमा महासंघको चुनावमा पौडेलको विजयले सकारात्मक प्रभाव पर्न सक्ने आंकलन सुर भएको छ । पौडेल ८०२ मत ल्याएर विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार