नेकपा महासचिवको भूमिकाप्रति वामदेवको असन्तुष्टि, ओलीलाई साथ नदिन आग्रह
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २०:२३:३२
१४ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा विवादमा महासचिव विष्णु पौडेलको भूमिकाप्रति उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि जनाएका छन् । पार्टी फुटको गतिमा अगाडी बढेको बेला महासचिव पौडेलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै साथ दिएको भन्दै वामदेवले असन्तुष्टि जनाएका हुन् ।
साथै गौतमले पार्टीलाई फुटतर्फ लैजाने ओलीको योजनामा साथ नदिन पनि वामदेवले आग्रह गरेका छन् । शनिबार सचिवालय बैठकमा वामदेवले पौडेलको भूमिकाप्रति आपत्ति जनाएका थिए ।
बैठकको व्यवस्थापन मिलाउन नसक्दा पार्टीमा समस्या देखिएको उपाध्यक्ष गौतमको भनाइ छ। गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए।
शनिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले उठाएका सवालबारे जवाफ सचिवालय बैठकमा पेश गरेका छन्। नेकपा सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कालाई आरोपपत्र जस्तो प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार