सत्तालिप्सामा डुबुल्की मार्दै नेकपा
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २१:३:१९
सम्पादकीय
“समृद्ध नेपाल सुखी नेपाली” भन्ने केपी ओली नेतृत्वको सरकारले दिएको नारा अहिले फगत गफाडीकाे गफ सावित भएको छ । लामो समयपछि नेपाली जनताले स्थिर र बलियो सरकार बनाउन ओलीलाई मत दिएका थिए । करिब तीन वर्षअघि जनताले राजनीतिक स्थिरतामार्फत देशको समृद्धि र विकास गर्न ओलीलाई लगाम थमाएका थिए । तर ओलीले जनमतको सम्मान गरेनन् । बरु झण्डै दुई तिहाईको जनमतको उनले अपमान गरे । नेकपाभित्र सत्ता संघर्षको जालो यति जेलियो कि त्यसले आमजनतामा निराशा र आक्रोश थप्यो ।
झण्डै एक वर्षदेखि संसारकै ध्यान कोरोना संक्रमणमा केन्द्रित भएको छ । यसको दूरगामी प्रभाव नेपालीले समेत भोगिरहेका छन् । धेरैको रोजीरोटी नै गुमेको अवस्था छ । तर सत्ताधारी दलका नेताहरु भने दिनहुँ सत्ताको छिनाझपटमा अल्झिएका छन् । सत्तामा भागबण्डा र पदका लागि नेकपाका नेताहरु कम्मर कसेर युद्धमैदानमा भिडिरहेका छन् । यसले उनीहरुको विकृत रुप जनता सामु छर्लङ्ग भएको छ ।
ओली पूर्णतः बिचौलिया र माफियाको चंगुलका फसेको देखिन्छ । उनले सत्ताको चास्नी आफूनिकटलाई मात्र चखाएकाले अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालहरु भड्किएका छन् । सत्तामा आफ्नोपनि भागबण्डा हुनुपर्ने उनीहरुको माग दाबी रहेको छ । तर ओली अहिलेको जनमत आफूलाई मात्र प्राप्त भएको ठान्छन् । समस्याको जड नै त्यही भएको छ ।
यसको पछिल्लो श्रृंखला सचिवालय बैठकमा देखाइएको नौटंकी रहेको छ । ओली र प्रचण्डले बेग्लाबेग्लै आरोपपत्र पेश गरेर जग हँसाएका छन् । जनताप्रतिको उत्तरदायित्व चटक्कै बिर्सिएका नेकपा नेताहरु केवल भागबण्डाकै लडाईंमा छन् । जनता भने रमिते बन्नुपरेको छ । कम्युनिष्ट नेताहरुले आफ्ना कुण्ठा, दम्भ र अहंलाई दस्ताबेजमार्फत उजागर गरेका छन् ।
आम जनताले हिजो मतदान गर्दा ठूलो भूल भएको अनुभूति गरेका छन् । देश विकासका लागि राजनीतिक स्थिरता मात्र कारण नबन्ने तथ्यसमेत अहिले उजारगर भएको छ । भ्रष्ट सोच र अवधारणा नै देश विकासको मुख्य वाधक भएको पक्षसमेत प्रष्टिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । साथै, यसको कारणका रुपमा प्रधानमन्त्री ओली नै रहेको पक्षसमेत औंल्याइएको छ । भ्रष्टाचारको संरक्षक नै ओली भएको किटानी प्रतिवेदन सार्वजनिक भएको छ ।
आरोप प्रत्यारोपको श्रृँखला जारी छ । कसले कसलाई लडाउने भन्ने मात्र नेकपा नेताहरुको ध्याउन्न रहेको छ । जनताका लागि उनीहरुको घर झगडा अर्थहिन छ । तर तिनै जनताको नाममा उनीहरुको राजनीति टिकेको छ । एकले अर्कालाई होच्याउने गरी होडबाजी नै चलाएका छन् । उनीहरुको दम्भ, अहंकार र तुषको शिकार चाहिं आम नागरिक हुनुपरेको छ । जनताको दुख पीडाप्रति न त सरकारले चासो राखेको छ न प्रतिपक्ष नै आवाज उठाउँछ ।
कम्युनिष्टहरु जुधेपछि विभाजन निश्चित छ । विश्व कम्युनिष्ट इतिहासले स्थापना गरेको मान्यता हो यो । नेकपा अहिले त्यही चरणबाट गुज्रिरहेको अवस्था हो । बैठकमा बाझाबाझ गर्नु भनेको अब एकैथलोमा बस्न नसक्ने आधार तयार भएको मान्नुपर्छ । त्यो आधार लगभग बनिसकेको छ । केवल औपचारिकता दिन मात्र बाँकी हो । यो गाँड कोराकोरले देश भने बर्बादीतिर जान बाध्य भएको छ । इतिहासमै यति सबल र सक्षम सरकार फेरि बन्ला नबन्ला थाहा छैन । तर अहिलेको सरकार भने सबैभन्दा निकम्मा र जनतामारा बनेको छ ।
आम जनताले हिजो मतदान गर्दा ठूलो भूल भएको अनुभूति गरेका छन् । देश विकासका लागि राजनीतिक स्थिरता मात्र कारण नबन्ने तथ्यसमेत अहिले उजारगर भएको छ । भ्रष्ट सोच र अवधारणा नै देश विकासको मुख्य वाधक भएको पक्षसमेत प्रष्टिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । साथै, यसको कारणका रुपमा प्रधानमन्त्री ओली नै रहेको पक्षसमेत औंल्याइएको छ । भ्रष्टाचारको संरक्षक नै ओली भएको किटानी प्रतिवेदन सार्वजनिक भएको छ ।
यति मात्र होइन, प्रचण्डले पेश गरेको प्रतिवेदनमा समेत सरकारी संयन्त्रमा झांग्गिएको अनियमितता र भ्रष्टाचारको प्रसंग उल्लेख भएको छ । ओली सत्तामा आएपछि भएका चर्चित काण्डहरु नेपाली मिडियाको हटकेक बनेका थिए । तर यसबारे संवैधानिक निकायसमेत रमिते बनिदिंदा सर्वत्र आक्रोश र वितृष्णा छाएको छ ।
सत्ताका आडमा जस्ता सुकै अनियमितता र भ्रष्टाचार राफसाफ गर्न सकिने मूल्य मान्यता ओली सरकारले स्थापित गरिदिएको छ । जसले गर्दा नेपाली जनतामा “जुन जोगी आएपनि कानै चिरिएको” भन्ने नेपाली उखान फेरि चरितार्थ भएको छ । ओली सरकारको अकर्मण्यता र नेकपा भित्रको सत्ता संघर्षले जनतामा निराशा थपेको छ । त्यसको परिणाम आउने निर्वाचनमा अवश्यपनि उजागर हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार