वाणिज्य बैंकमा ठूलो उछाल, आजको वृद्धिलाई विश्लेषण गरेर हेर्दा !
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
मंसिर १४, २०७७ आइतबार २१:३०:४
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-5_KzY8wByBOC.jpg)
१४ मंसिर, काठमाडाैं । वाणिज्य बैंक र विकास बैंकमा उछाल आएसँगै साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ७५ दशमलव ०२ अंकले वृद्धि हुँदै १९६८ दशमलव २७ को विन्दुमा बन्द भएको छ । आज २०० कम्पनीको शेयर कारोवार हुँदा ९ अर्ब २२ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक ३ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।
आज शेयरबजारलाई वाणिज्य बैंक उपसुचकले ड्राईभ गरेको थियो । वाणिज्य बैंक उपसुचकमा ७ दशमलव ८१ प्रतिशतको वृद्धि देखिएको थियो भने विकास बैंक उपसुचकमा ८ दशमलव ११ प्रतिशतको वृद्धि देखिएको थियो । वाणिज्य बैंकहरुमा सर्किट मूल्यमा पनि अत्याधिक खरिदकर्ताको उपस्थिति थियो ।
बजारमा लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ उन्मुख भएको प्रस्ट देख्न सकिन्छ। धेरै लामो समयपछि वाणिज्य बैंक उपसुचकमा लगानीकर्ताहरु यति धेरै आकर्षित भएको अवस्था छ । लाभांशको मामलामा अण्डर भ्यालुड वाणिज्य बैंकहरुमा उछाल आउनुमा बजारको अहिलेको वृद्धि परिपक्व बन्दै गएको देखिन्छ।
दोश्रो बजार १९१२ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु पनि त्यही रहेको छ भने बजारको उच्च विन्दु १९७१ रहेको छ। अन्तिम समयमा बजारमा राम्रै खरिदकर्ताका साथ बजार बन्द भएको छ।
आज केही ब्रोकरहरुले वाणिज्य बैंकको शेयर सर्कीट मूल्यमा आक्रामक रुपमा ठूला-ठूला कित्ता बेच्न खोजेको भए पनि खरिदकर्ताहरुको निकै बलियो उपस्थिती हुँदा बिक्रीकर्ताहरुकाे अवस्था फितलो देखिएको थियो । धेरै लामो समयदेखि शेयर आपुर्तिको शिकार बनेका ग्लोबल बैंक, प्रभु बैंकहरुमा पनि सर्कीट लेभलमा अन्तिमसम्म पनि आक्रामक खरिदकर्ताहरु थिए ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार