सत्तारुढ नेकपा कुर्सी र बैठकको झगडामा लिप्त छ : अध्यक्ष राणा
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २१:५८:२३
१४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पु¥याउन आवश्यक भएको बताएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानिय रहेको अध्यक्ष राणाको भनाइ छ ।
‘सम्वर्द्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दु राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु¥याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भने ।
‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन । देशका कुनाकुना जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन् । नेपाली जनता, युवा पिढी सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ उनले भने ।
परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरे । ‘समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ। सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक संजालमा भने ।
कुर्सीको अन्तहिन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भूलेको राणाको आरोप छ । ‘केपी पीकेको अन्तहीन आरोप प्रत्यारोप जनमत, जनहित विपरीत छ । सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ । अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो । दुइतिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राप्रपा अध्यक्षले भने ।
रााणले भने, ‘धर्म संस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आम नेपाली हित सुनिश्चित छ । निष्पक्ष अभिवावक संस्थाप्रतिको जनचाहना यसै मान्यता अनुकूल छ । राजसंस्था, हिन्दु राष्ट्रप्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार