महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ सोमबार २:६:३१
१४ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीका नेतृत्वमा संयुक्त राष्ट्रसङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । यही मंसिर ७ र १० गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ महामारीसम्बन्धी मंसिर १८ र १९ गते हुने विशेष अधिवेशनका लागि प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले सरकारले यही मंसिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मङ्सिर १८ र १९ गते हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको श्रव्यरदृश्य बैठकमा सहभागिताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सरकारले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेश आन्दोलनका घाइतेको तथ्याङ्क सङ्कलन गरी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङले सार्वजनिक सूचना जारी गरी ऐतिहासिक आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनमा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने सरकारले निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषदकाे बैठकले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी प्रशानस विनियमावली, २०७७, सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७, नेपाल सरकार ‘कार्य सम्पादन’ ‘छैटौँ संशोधन’ नियमावली, २०७७, र नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गरेको छ । बैठकले नेपाल लेखापरीक्षण सेवा ‘गठन, श्रेणी विभाजन र नियुक्ति’नियमहरू, २०७७ को मस्यौदामा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार