अर्थमन्त्रीको संसदीय निर्वाचन क्षेत्रको बजेट यस वर्ष स्वास्थ्य क्षेत्रमा विनियोजित
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ सोमबार २:२८:५९
१४ मंसिर, लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको सम्पूर्ण बजेट यस वर्ष स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको छ । नेपाल सरकारले प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रका लागि विनियोजन गर्ने बजेटमध्ये सांसद पौडेलले यस वर्ष आफ्नो क्षेत्रमा स्वास्थ्यमा खर्च गर्ने छन ।
अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य पौडेलले आफ्नो संयोजकत्वमा बसेको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले रुपन्देही निर्वाचन क्षेत्र नं २ का चार योजनाका लागि रु चार करोड विनियोजन गर्ने निर्णय गरेको जानकारी दिए । सांसद पौडेलले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रुपन्देही क्षेत्र नं २ मा अघिल्लो आर्थिक वर्ष सम्पूर्ण बजेट शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि विनियोजन गरेका थिए ।
चालु आवमा विनियोजित बजेटमध्ये बुटवल उपमहानगरपालिका –१२ को शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी तिलोत्तमा नगरपालिकाको शङ्करनगर स्वास्थ्यचौकीमा पूर्वाधार निर्माण एवं सुदृढीकरणका लागि रु एक करोड र सैनामैना नगरपालिकाको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रको सुदृढीकरण कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसंँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना र सञ्चालनका लागि कार्यक्रमअन्तर्गत रु ५० लाख छुट्याइएको छ । अर्थमन्त्री पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट स्वास्थ्य क्षेत्रको विकासमा विनियोजन गर्नाले निकै सकारात्मक सन्देश दिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो जनताले अत्यावश्यक सेवा लिने क्षेत्रको विकासमा बजेट विनियोजन गर्नाले स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको विकासमा थप प्रभावकारी बनाउने बताए ।
यस्तै तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे यसरी एकमुष्ट बजेट विनियोजन हुँदा कामको परिणाण राम्रो आउने बताउछन । उनले कोभिडको महामारीका बेला स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएको र यसलाई आफूहरुले सघन उपचार कक्ष सञ्चालन र स्तरीय खोप केन्द्र स्थापना गर्न प्रयोग गर्ने र जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार