बैतडीको सामुदायिक विद्यालयका शिक्षक आन्दोलित
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १४:६:०
१५ मंसिर, बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् ।
निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिए । उनले भने, “लामो समयदेखि तलब नै नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।”
विसं २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरे आन्दोलनमा जाने समितिले चेतावनीसमेत दिएको छ । पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षक रुष्ट भएका छन् ।
सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन् । कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा साह्र्र्रै समस्या भएको उनीहरुले बताएका छन् । उता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँटफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताए ।
निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाइ छ । उनले भने, “शिक्षक साथीहरुले मसँग पनि गुनासो गरेका थिए । एक चौमासिक भए पनि तलब खुवाउने तयारी गरेका थियौँ तर राजस्व बाँटफाँड शीर्षकमा बजेट निकासा कम हुँदा खुवाउन सकेनौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार