मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन बनाउने काम सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार २०:१२:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/muktinath-bikas-1_jV3dTueLxG.jpg)
१५ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाट, स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरिएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने तयारी गरेको छ । सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने तथा बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने बैंकले जनाएको छ ।
उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, शेयरधनी तथा ग्राहक र कर्मचारीहरुको उपस्थिती रहेको थियो । विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार