स्थायी कमिटीमा सबै दस्ताबेजहरु लैजाने प्रचण्ड–नेपालको तयारी
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार २१:२३:१३
१५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिक दस्ताबेजको जवाफी पत्र लेखेपछि पाटीभित्र पत्रयुद्ध सुरु भएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा नेताहरु आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त छन् ।
प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै दस्ताबेजहरु स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी गरेको छ । यता ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।
बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेश गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेश गरे ।
अब यी सबै दस्ताबेजहरुलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ ।
यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ । प्रस्तावकै बारेमा शनिबारको सचिवालय बैठकपछि प्रचण्डले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेका छन् ।
सबै दस्ताबेज स्थायी कमिटी बैठकको छलफल विषय बनाइने तयारी भए पनि ओलीले लगाएको आरोपबारे प्रचण्डले भोलि बस्ने सचिवालय बैठकमा कुरा उठाउने भएका छन् । तर, आफू माथि आरोप लगाइएको दस्ताबेज फिर्ता हुने वा भाषा संशोधन गरिनुपर्ने ओलीको मागको भने सुनुवाइ नगर्नेमा प्रचण्ड पक्षमा अडिग देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार