एसी र फ्रीज नपाएपछि लाहानका घुस्याहा डीएसपी थापाले देखाए बर्दीको तुजुक….
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ मंगलबार ०:२२:३६
♦ धीरुभाइ
१५ मंसिर, सप्तरी । प्रहरी उपर अटुट विश्वासका कारण पीडित नागरिक न्यायको लागि सबभन्दा पहिले प्रहरीलाई गुहार्न पुग्छन् । पीडितलाई न्याय दिलाउन, शान्ति सुरक्षा, विपद् लगायतका दुःखमा प्रहरीको अह्म भूमिकाकाले यस्तो विश्वास गर्नु स्वभाविक पनि हो । तर, प्रहरी संगठन भित्र एक/दुई जनाको गल्तीले कहिँलेकाँही सिङ्गो प्रहरी जगतलाई बदनाम गरिरहेको हुन्छ । यस्तै एक उच्च प्रहरी अधिकृतको गलत प्रवृतिको शिकार सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुर निवासी जगन्नाथ झा भएका छन ।
सिराहाको सखुवा नन्कारकट्टी गाउँपालिका वार्ड नम्बर ४ स्थायी घरभई लाहान बजारस्थित एलएल आइटी एजुकेशनल कन्सल्ट एण्ड ट्रेनिङ्ग सेन्टर तथा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका व्यवसायी झा इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक शरदकुमार थापा क्षेत्रीको गलत प्रवृतिको शिकार भएका हुन् । प्रहरीका उच्च अधिकारीबाट नै पीडित भएपछि झा पछिल्लो पाँच महिनादेखि न्यायको लागि भौतारिदै आएका छन् ।
गत साउन ३ गते प्रनाउ थापाले झाको पसलमा निःशुल्क एससी दुई थान, वासिङ्ग मेसिन एक थान र रेफ्रिजेरेटर (फ्रिज) एक थान माग गरेको उनले बताए । सो सामान निःशुल्क दिन अस्वीकार गरेपछि प्रनाउ थापा बिच्किएका थिए । त्यसपछि प्रनाउ थापाले विभिन्न बहान बुनेर झालाई नियन्त्रणमा लिई शारीरिक यातनासमेत दिएको उनले रूदै बताए । त्यसपछि बलपूर्वक जबरजस्ती पक्राउ गरी थापाले आफैले कोठाभित्र थुनेर अश्लिल गाली ग्लोजसहित बुटैबुटले कुटाइ गरी कपाली तमसुक कागजात समेत गराएको झाले बताए । त्यहाँबाट उन्मुक्ति पाएपछि झाले प्रनाउ थापा बिरूद जिल्ला अदालत सिराहामा थापा उपर करकाप तथा गाली बेइज्जतीका छुट्टाछुटै मुद्दा दर्ता गरेका छन् । सो मुद्दा हाल विचाराधीन रहेको छ ।
प्रनाउ थापाले व्यवसायी झा उपर प्रतिशोध साध्न लागेपछि न्यायको लागि गत साउन १३ जिल्ला प्रशासन कार्यालय सिराहा, १६ गते, लाहान नगरपालिका वार्ड नम्बर ८ वडा कार्यालय, १८ गते राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ जनकपुर, २५ गते प्रहरी प्रधान कार्यालय नक्साल काठमाडाैं, गृह मन्त्रालय काठमाडाैं, अपराध अनुसन्धान महाशाखा नक्साल काठमाडाैं, उजुरी तथा छानविन महाशाखा नक्साल काठमाण्डौ, मानव श्रोत विभाग नक्साल काठमाडाैं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडाैं, अख्तियार दुरुपयोग आयोग प्रदेश २ कार्यालय बर्दिबास, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २, जनकपुर, प्रहरी प्रदेश कार्यालय प्रदेश नम्बर २ जनकपुर, मुख्यमन्त्रीको कार्यालय जनकपुर, प्रधानमन्त्रीको कार्यालय बालुवाटार, प्रदेश २ गृह मन्त्रालय (न्याय तथा कानून मन्त्रालय), जिल्ला प्रशासन कार्यालय सिराहामा जिउँज्यान, धनमाल, बिजनेश व्यापार लगायतको शान्ति सुरक्षा लगायत क्षतिपूर्ति समेत दिलाइ भराइ पाउ भनेर निवेदन दिएका छन् । उक्त निवेदन उपर कारबाही नभएपछि गत असोज ६ गते पुनः सोही व्योहोराको निवेदन उनीहरुलाई पठाएका छन् ।
तरपनि कारबाही नहुँदा फेरी कात्तिक २८ गते न्याय परिषद काठमाडाैं, सर्वोच्च अदालत सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय राजविराज सप्तरी, जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नेपाल पत्रकार महासंघ काठमाण्डौ, शाखा सिरहा, सप्तरी र प्रदेश २ कार्यालयसहित उनीहरुलाई जिउ धन तथा व्यापार व्यवसाय गर्ने उचित वातावरण बनाई शान्ति सुरक्षाको प्रत्याभूतिको माग गर्दै निवेदन गरेका छन् ।
यसरी कारबाही अगाडी बढाएका कारण प्रनाउ थापाले पीडित झासहित उनका परिवारजनलाई मानसिक, शारीरिक तथा आर्थिक यातना दिन थालेपछि झा पुन अदालतलाई गुहार्न पुगेका छन् । यसै क्रममा साउन २३ गते सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिदै भनेकाे छ, कुनै व्यक्तिको पछाडी पूर्वाग्रह र प्रवृत भावना राखी देशको सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवार पदाधिकारीले आफ्नो कर्तव्य पालना भन्दा बाहिरको विषयमा दवाव दिनु दिलाउने काम स्वीकार्य नदेखिएको हुँदा काल्पनिक रुपमा कारण खडा गरी कुनै व्यक्तिगत पूर्वाग्रह राखी लक्षित रुपमा निवेदक जगन्नाथ झालाई झुठा फौजदारी मुद्दामा फसाउने प्रत्यन स्वरुप पक्राउ नगर्नु, नगराउनु, शारीरिक तथा मानसिक पीडा दिने कार्य समेत नगर्न उल्लेख छ ।
यता सर्वोच्च अदालतको आदेश विपरित झालाई पक्राउ गर्न डीएसपी थापा आफै पुगेपछि प्रहरीले जबरजस्ती पक्राउ गरी आफुलाई फसाउन खोजेको विभिन्न प्रमाण सबुदसहित उनले कातिक २७ गते उच्च अदालत जनकपुर इजलास राजविराजमा रिट निवेदन हालेकाेमा उक्त अदालतले पनि पक्राउ नगर्न नगराउन आदेश गरेको छ । । तर, सर्वोच्च र उच्च अदालत आदेश विपरित इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक थापाले घर, पसल, तथा विभिन्न स्थानमा आफु र प्रहरी खटाइएर पक्राउ गर्न खोजेको झाले बताए ।
उनले भने डीएसपीले आफुलाई ज्यान मार्नको लागि सिभिलमा प्रहरी खटाइएको छ । मैले लुकेर बस्दै आएको छु । मलाई पक्रेर विभिन्न झुठा मुद्दामा फसाउने वा ज्यान नै लिनेसम्मको डीएसपीको योजना रहेको थाहा पाएको छु । लुकेर बस्न बाध्य हुँदा साउन यताा व्यवसायी पनि चौपट छ । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक शरदकुमार थापा क्षेत्रीले भने उनीसँग (जगन्नाथ झ) सम्पर्क नरहेको बताए । थप कुरा बताउन नचाहेर डीएसपी थापाले भने फोनमा धेरै कुरा गर्न सकिदैन, अफिस आउनु, बसेर कुरा गराैं, भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार