कृषि विकास बैंक ह्याकिङ प्रकरण : थप एक पक्राउ
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ मंगलबार १:३५:५५
१५ मंसिर, काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनापछि फरार हुँदै आएका धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त हुन् ।सङ्गठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड हानि–नोक्सानी पु¥याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो ।
प्रवउ थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौंको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडाैं जिल्ला अदालतमा पेश गरेको छ ।अघिल्लो वर्षको असोजमा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो ।
अर्का श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि बैंकको प्रणाली परीक्षण गर्दा सुनिता श्रेष्ठसमेतका ब्यक्तिको खातामा बैंकको मौज्दातबाट वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रु चार करोड ८८ लाख रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि– नोक्सानी पु¥याउने योजना राखेका थिए ।
उक्त घटनापछि तत्कालै श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जा समेतलाई पक्राउ गरी सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अहिलेसम्म कुल २९ जना पक्राउ परिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार