सचिवालय बैठकको ठाउँ फेरियो, ओलीको फेरि राजीनामा माग्ने प्रचण्डको योजना
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १७:०:४८
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाभित्रको चर्किदो विवादमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि राजीनामा चर्काउने भएका छन् । प्रचण्डकै जोडबलमा दिउँसो धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा प्रचण्डले ओलीको फेरि पनि राजीनामाको माग चर्काउने तयारी भएको हो ।
यसअघि बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले अडान दोहोर्याएपछि धुम्बाराहीमा बैठक राखेर राजीनामा चर्काउने योजना प्रचण्डको छ । यसअघि बालुवाटार बैठकमा ओलीले राजीनामा नदिने, प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने अडान राखेका थ्एि ।
तर प्रचण्डले मानेका छैनन् । आफ्नो प्रस्तावमाथि छलफल गरेर ओलीको राजीनामा माग्ने प्रचण्डको योजना छ । जसमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि साथ दिइरहेका छन् ।
पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डको कित्तामा उभिएका छन् । अध्यक्ष प्रचण्डले दुवै राजनीतिक प्रस्ताव सचिवालयबाट स्थायी कमिटी र केन्द्रिय समितिमा लैजाने र त्यो नमानेको खण्डमा राजीनामा माग्ने तयारी गरेका हुन् ।
ओलीले प्रस्ताव नलगे बहुमतका आधारमा पनि स्थायी कमिटी र केन्द्रिय समिति बैठक सञ्चालन गर्ने तयारी प्रचण्ड पक्षको छ । जसबाट ओली पक्ष तर्सिएको छ । स्थायी कमिटी र केन्द्रिय कमिटीमा ओली र प्रचण्डका प्रस्ताव छलफलमा भएमा ओलीले राजीनामा दिने अवस्था आउने सम्भावना छ ।
सोही कारण ओली सचिवालयमै विवाद सामसुम पार्ने पक्षमा छन् । तर त्यो सजिलो भने छैन् । मंगलबारको सचिवालय बैठकले नेकपाभित्रको नयाँ विवादबारे थप जटिलता ल्याउने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार