मालपोत कार्यालय : कर्मचारीको अभाव, अर्कोतिर सेवाग्राहीको चाप
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १८:२९:३
१६ मंसिर, लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।
यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले जानकारी दिए । कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्य अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यसमेत प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताए ।
सो कार्यालयमा एक प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, १० नायबसुब्बा, चार खरिदार, एक लेखापालसहित २७ जनाको दरबन्दी रहे पनि विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, चार नायबसुब्बा तथा दुई जना खरिदार रिक्त छन् ।
हाल सो कार्यालयमा छ नायबसुब्बा, दुई खरिदार, करारमा रहेका तीन कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले सेवाग्राहीलाई सेवा पुर्याउँदै आएका छन् । “कार्यालयमा दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ”, निमित्त प्रमुख चौधरीले भने, “एकातिर कर्मचारीको अभाव छ अर्कोतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पुर्याउन असाध्यै कठिनाइ भइरहेको छ ।” कार्यालयमा वर्षौदेखि रिक्त रहेका कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी तथा विभागमा जानकारी गराइसके पनि कर्मचारी पठाइदिने आश्वासन मात्र पाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार