कम्रेड अभिवादन ! बैठक धुम्बाराही हैन्, बालुवाटारमै !
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १९:९:१२
१६ मंसिर, काठमाडौं । नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बस्ने थलोका रुपमा तय भएको पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान निस्किएका मात्रै थिए– मोबाइलमा घण्टी बज्यो । कल गर्ने थिए– अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिब विष्णु पौडेल । फोन उठाउने वित्तिकै आवाज आयो–कम्रेड अभिवादन ! सचिवालय बैठक धुम्बाराही हैन , बालुवाटारमै हुने भो , त्यतै आउनुहोला ।
त्यसपछि श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कल गरे । प्रचण्डले पनि यस्तै सूचना पाएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार, पार्टी कार्यालयमा प्रधानमन्त्री केपी ओलीलाई सुरक्षा थ्रेट छ । गृह मन्त्रालयले यस्तो सूचना पाएको कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको रहेछ, त्यसैले बैठक बालुवाटारमै गरौं ।
आफूलाई जनताको नेता भन्ने कम्युनिष्ट पार्टीका प्रधानमन्त्रीले सुरक्षा थ्रेट छ भन्दै पार्टी कार्यालय नजाने अवस्थाको कल्पना गर्न पनि सकिन्न । तर यस्तै भएको छ । आफूलाई जननेता भनाउन रुचाउने कम्युनिष्ट नेता अब चारैतिरबाट सेना र प्रहरीको घेराबन्दीमा बस्ने अवस्था आएको छ । पार्टी कार्यालय नै जान नसक्ने अवस्थाका ओलीले देशको नेतृत्व कसरी गरिरहेका होलान्, त्यसै अनुमान गर्न सकिन्छ ।
ओलीले अन्तिम अवस्थामा आएर यस्तो निर्णय लिएका छन् । किनभने उनी बालुवाटारबाट बाहिर जानासाथ अरुले कब्जा पो गर्ला कि भन्ने त्रस्त मनस्थितिमा देखिएका छन् । साथै, लगत्तै बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छल्नका लागिसमेत ओलीले यस्तो रणनीति बनाएको हुनसक्ने सम्भावना औंल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार