शिक्षामन्त्री पोखरेल भन्छन, प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार हाे
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार २३:२९:१३
१६ मंसिर, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताए।
नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो । जम्मा २१ कोठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए । शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ ।
शिक्षालय स्थापना भएर सञ्चालनमा आएको तीन वर्ष भएको छ । तीनवर्षे डिप्लोमा ‘स्नातक’ तहको पठनपाठन र विषयगत अभ्यास गराइने सो शिक्षालयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ ‘अमिन, सर्भे’, वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ । अब यसपालिको शैक्षिक सत्रदेखि फार्मेसी, रेडियोग्राफी ‘रेडियोलोजी’, आयुर्वेद र प्राकृतिक चिकित्सा तथा योग विषयको पठनपाठनको थप स्वीकृति पाएपछि यो मुलुककै शैक्षिक गन्तव्यमध्येको एक बनेको छ ।
फार्मेसी र रेडियोग्राफी शिक्षालयकै भवनमा सञ्चालन गरिएको छ भने आयुर्वेद जिल्लाकै मटिहानीस्थित राजकीय संस्कृत मावि र प्राकृतिक चिकित्सा तथा योग सिरहा जिल्लाको धनगढी नगरपालिकासँगको साझेदारीमा तिनै ठाउँमा सञ्चालनको अनुमति दिइएको प्राचार्य मेहताले बताए । शिक्षालयमा अहिले मुलुकका २२ जिल्लाका ५३८ जना छात्रछात्रा अध्यनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार