घेराबन्दीमा परेपछि भोलिको सचिवालय बैठकमा नबस्ने ओलीको चेतावनी
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ बुधबार २:५९:३२
१६ मंसिर, काठमाडौं । आफूमाथि आरोप प्रत्यारोप भएपछि प्रधानमन्त्री केपी शर्मा ओली भोलिको सचिवालय बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन् । मंगलबारको बैठकमा आफूमाथि एकहोरो आक्रमण भएको भन्दै ओलीले बैठकमा नजाने चेतावनी दिएका हुन् ।
आफूमाथि आरोपपत्र दायर गरेर बदनाम गरिएको, सहयोग गर्नुको साटो एक्ल्याएर आक्रमण गरेको र सत्ताको स्वार्थमा पार्टीलाई बदनाम गराउने काम भएको ओलीको चित्त दुखाई छ । मंगलबारको बैठकमा प्रचण्डले ओलीमाथि आक्रोश व्यक्त गरेका थिए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीकै कारण पार्टी सकिने अवस्था आएको भन्दै कडा आलोचना गरेका थिए । पूर्व एमालेको एकता देखाएर पार्टी फुटाउने दुस्साहस नगर्न पनि नेपालले चेतावनी दिएका थिए ।
प्रचण्ड, माधव नेपालसहितका नेताहरुबाट घेराबन्दीमा परेपछि भोलि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा नजाने ओलीले अडान लिएका हुन् । सचिवालय बैठकमा ओलीका कामप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले शुरुमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जवाफमा अध्यक्ष ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद साम्य हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार