मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुँदैन : नेता गुरुङ
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार १५:३१:७
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्धमुक्त हुन नसक्ने बताएका छन् । नेता गुरुङले हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै उनले भनेका छन्, “हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन्। गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्धमुक्त हुन सक्दैन।”
देशको राज्य व्यवस्था स्वचालित र प्राणवान हुनुपर्दछ । जसलाई विधिको शासनद्वारा व्यवस्थित गरिन्छ । तर, हामीकहाँ अहिले जुन काम गर्नु छैन, त्यही काम गर्न बेसरी हल्ला गरिन्छ र जुन काम गर्नु छ त्यसैको व्यापक विरोध गरिन्छ । ठीक, यही कुरा कानुनी राज्यको मूर्ततामा पनि लागू हुन्छ ।
विधिको शासनलाई धुजाधुजा पार्न सबै शक्ति परिचालित छन् । अदालतलाई राजनीतिक भर्तीकेन्द्रको रूपमा विकसित गरिने उपक्रम भइरहेको छ । राजनीति सबै अंगमा सर्वोपरी छ ।
राजनीति नै साध्य भएको छ । देशका सबै अंग र प्रशासनतन्त्र पूर्णरूपमा भनसुन, सोर्सफाेर्स सिफारिस र भ्रष्टाचारमा डुबेको छ । नियन्त्रण र नियमनकारी कुनै सक्षम सत्ता नरहेकोले बलिया र राजनीतिमा रहेकाले जे गरे पनि हुने भएको छ । देशकाे प्रणाली ‘सिस्टम’ विहीन छ ।
सामाजिक सञ्जाल ट्वीट माफर्त आक्रोसयुक्त धारण सार्वजनिक गर्दै नेता गुरुङले आफुहरुले गणतन्त्र ल्याएको तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार