मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ : पूर्वसञ्चारमन्त्री बाँस्कोटा
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार १७:२१:३३
१७ मंसिर, बनेपा । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताए ।
त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उनले भने । अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरुको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रा सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
सो क्रममा उनले समाजवाद लागू भयो कि भएन भन्ने विषयमा नभएर त्यसतर्फ उन्मुख छ कि छैन भन्ने बहस मात्रै गर्न उनले नेतृत्वलाई आग्रह गरे । “समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकको तुलनामा हामी पूँजीवादी जनवादी क्रान्ति सन्पन्न गरियो भन्ने अवस्थामा देशले समाजवादोन्मुख अर्थतन्त्र, त्यसको उत्पादन सम्बन्ध र वितरण प्रणालीतर्फ हामी कहाँ छौँ र कति गरिरहेका छौँ भन्ने बुझ्न आवश्यक छ”, उनले भने ।
आफ्नो शक्ति र महत्व बुझ्न नसकेर उज्यालोबाट अन्धकारतिर जान खोज्नु शक्ति छिन्नभिन्न बनाउने र देशमा केही हुन्छ भन्ने आशा, विश्वास र भरोसालाई धरासायी बनाउने खालको गल्ती गर्दै त छैनौँ भन्ने प्रश्न गर्दै उनले नेतृत्व तहमा भएको विवादप्रति इङ्गित गर्दै भने, “कुनै कमजोरीका निम्ति एउटा सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँ ।” त्यसरी गरेको हमला आफ्नै घुँडामाथिको कडा बञ्चरो हुनसक्ने भएकाले त्यसतर्फ नेतृत्वले सोच्न उनले सुझाव दिए ।
कार्यक्रममा उनले नगरपालिकाले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, पुललगायतका भौतिक संरचना निर्माण गर्ने एउटा काम सकेकाले अब कुन ठाउँमा घर बनाउने र कुन ठाउँमा उत्पादनका लागि खेतीयोग्य ठाउँ बनाउने तथा कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने कुराका योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाले त्यसतर्फ अगाडि बढ्न सुझाव दिए । त्यससँगै सडक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा अब विपी राजमार्गले दिनसक्ने लाभबाट रोजगारी के सिर्जना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै त्यसतर्फ योजना बनाएर अघि बढ्नसमेत उहाँले नगरपालिकाको नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रममा सांसद गङ्गाबहादुर तामाङले नेकपाको दुईतिहाइको सरकारले केही पनि गरेको छैन भन्ने बजार हल्ला विपक्षी दलले अत्तालिएर गरेको भ्रामक प्रचार मात्रै भएको बताउँदै विकासका पूर्वाधार निर्माण भइसकेको बताउनुभयो । पूर्वमन्त्री रेशम लामाले नगरपालिकाको नेतृत्वले जस्तोसुकै विवादको विषयलाई पनि सामना गरेर इँटाभट्टा हटाउनेदेखि अन्य विकास निर्माणका काममा मोलेको चुनौतीका कारण आज भौतिक विकासले फड्को मारेको बताए।
वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले नगरपालिकाले बजार क्षेत्र मात्रै हेरेर सम्पन्न नगरपालिकाको कुरा गर्न नमिल्ने बताउनुभयो । नगरभित्रका विकट बस्ती र त्यहाँका नागरिकको जीवनस्तर उकास्ने खालका काम गर्दै अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए । अर्का प्रदेशसभा सदस्य रत्न ढकालले नमोबुद्ध नगरपालिकाले गरेको विकास निर्माणको कामको प्रभाव नजिकका नगरपालिका र गाउँपालिकामा समेत पर्ने भएकाले नगरपालिकाले खेलेको भूमिकालाई फरक ढङ्गले बुझ्न र हेर्न आवश्यक रहेको बताए । त्यसका लागि सहयोग गर्न सबै तहका सरकारको साथ र सहयोग रहने उनले बताए ।
कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले स्थानीय तहमा योजना निर्माणमा सहयोग गर्नुका साथै पूर्वाधार लगानीमा समेत साथमा रहेर भवन संहिताको कार्यान्वयन तथा प्राविधिक सहयोग गर्ने काममा अगाडि बढिरहेको बताए । सो क्रममा विभागको तर्फबाट एक वर्ष अगाडि शुरु भएको दुईवटा पक्की मोटरबाटो उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाले कोरोना भाइरसको जोखिमका बीचमा उत्कृष्ट काम गरेका कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मान गर्नुका साथै ‘जनप्रतिनिधिका तीन वर्ष’ नामक पुस्तक विमोचन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार