ओली सरकार देशमा शान्ति स्थापना गर्न असफल : सभापति केसी
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार १७:४८:४४
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं सविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले सरकारले कुटनीतिक पहलबाट सीमा विवादकाे समाधान खोज्नुपर्ने बताएका छन् । उनले सरकारले नेपाली भुमि फिर्ताको लागि तत्काल पहल गर्नुपर्ने बताएका छन् । सरकारको एकदलीय अधिनायकवादी सोचले अहिले देश गम्भीर राजनीतिक संकटमा फसेको उनको भनाइ थियो ।
ओली सरकार देश निर्माण गर्न र देशमा शान्ति स्थापना गर्न असफल भएको बताउदै केसीले ओलीले काम नगरी हावा कुरा मात्र गरेको तर जनताले पत्याउँदा अहिले पछुतो मानिरहेको बताए । हत्या, हिंसा र भष्ट्राचार दिनप्रतिदिन बढेको तर दोषीलाई कारवाही गर्नुको साटो उल्टो सरकारले नै संरक्षण गरेको उनले आरोप लगाएका छन् ।
पटक पटक भएका जनआन्दोलनको नेतृत्व कांग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले कांग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको दाबी समेत गरेका छन् ।
यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा सबै एकजुट भएर लाग्ने र महाधिवेशनपछि पार्टी अझ सशक्त र बलियो हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार