कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार २१:७:४६
१७ मंसिर, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तनहुँमा पुल उद्घाटन गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल र तनहुँका कार्यवाहक सभापति जित प्रकाश आलेलाई पक्राउ गरिएको हो ।
वरिष्ठ नेता पौडेल व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न गएका थिए । तर जिल्लाका नेकपा नेताहरुको निर्देशनमा प्रशासनले कडाई गरेको थियो ।
पौडेल पुल उद्घाटन गर्न पुगेपछि सदरमुकाम दमौलीमा नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गरेर भीडभाड शुरु गरेका थिए । प्रदर्शनले गर्दा अशान्ति भएको भन्दै प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।
नेकपाले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो । त्यही प्रर्दशनको आडमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सुरक्षा प्रवन्ध मिलाउनुको साटो पूर्वाधार विकास कार्यालय तनहुँलाई दबाब दिएर पुल उद्घाटन स्थगन गरिदिन अनुरोध भएको पत्र लेख्न लगाएका पाइएको छ ।
पूर्व निर्धारित भएकाले पुल उद्घाटन गरिने कांग्रेसले जनाएपनि प्रशासनले गर्न दिएन् । प्रहरीले पक्राउ गरेर हिराशतमा लिएपछि कांग्रेस वरिष्ठ नेता पौडेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूलाई पक्राउ गरेर हिराशतमा राखिएको र प्रहरीको आडमा गुण्डागर्दी गरिएको बताएका छन् ।
कांग्रेस नेता पौडेलको कार्यक्रम रोक्न नेकपाका नेता किसान श्रेष्ठले गुण्डा पठाएका थिए । श्रेष्ठले गुण्डा परिचालन गरेरै वरिष्ठ नेता पौडेलविरुद्ध नाराबाजी गरेर पक्राउ गर्न लगाएको पनि तनहुँका कांग्रेस नेताहरुको भनाई छ ।
पक्राउ परेपछि कांग्रेस वरिष्ठ नेता पौडेलले पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको टिप्पणी गरेका छन् । आफूमाथि ज्यादती गर्ने र जनतालाई भ्रम छर्ने काम सरकारबाट भएको टिप्पणी गरेका छन् ।
‘हिजो हामीलाई रुख रोप्न लाग्दा पनि हामीलाई पिट्ने मान्छे आज तीनै हुन । आज पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ? हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो’ नेता पौडेलले भनेका छन् ।
पक्राउ परेका पौडेलको रिहाईको माग गर्दै फेसबुक र ट्वीटरमा चर्को आलोचना भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार