“ममाथि फासिस्ट आक्रमण भयो, यसको प्रतिवाद देशैभरि गर्छौं” : नेता पौडेल
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार २३:५५:६
१७ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले सुनियोजित ढंगले नै पक्राउ गरेको बताएका छन् । तनहुँकाे ब्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि जाने क्रममा वरिष्ठ नेता पौडेल बुधबार पक्राउ परे । तर पक्राउ परेका पाैडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे छाडेको छ ।
मंगलबारदेखि गृह जिल्लामा रहेका पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका थिए । तर ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न नपाउँदै विरोधको सामना गर्नुपर्यो ।
पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ परेका थिए भने धरपकडका क्रममा भएको झडपका क्रममा नेता रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यलगायत केही सामान्य घाइते भएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएर छाडेपछि पाैडेलले यो लोकतन्त्रमाथि प्रहार भएकाे बताएका छन् । यसको प्रतिवाद देशैभरि हुने उनले बताए पत्रकारहरूसँग कुराकानी गर्दै पाैडेलले भने, ममाथि फासिस्ट आक्रमण भयो । यो फासिस्ट शैलीको प्रतिरोध गर्छौं । अवैधानिक र कानुन विपरीतका आदेश सहेर बस्न सकिँदैन । देशैभरि प्रतिकार हुन्छ । हामीले सरकार अधिनायकवादमा जान्छ भनेका थियौं, त्यतातिर जान थाल्यो । अब यसविरुद्ध लड्छौं ।
हामीले नै बनाएको पुल उपभोक्ता समिति थियो । हाम्रै सरकारका पालादेखि बजेट परेको हो । उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा पुल उद्घाटन गर्न बोलायो । उनीहरुले सर्वसम्मतिमै नै मलाई बोलाएका हुन् । तर हामीले काम गरेको केपी ओलीको सरकारलाई मन परेन र तस्करले प्रशासनलाई हातमा लिएर निषेधाज्ञा गर्यो । अधिवायवाद, फाँसीजमतिर यो सरकार अगाडि बढ्यो ।
केही तस्करहरुको हातबाट बाँधियो यहाँको प्रशासन । मैले हिजो नै सीडीओलाई पुल उद्घाटनमा जाउँ पनि भनेको थिएँ । बेलुकाबाट त तपाईंले पुल उद्घाटन गर्न पाउनुहुन्न भन्न थाले । हिजोदेखि नै पुलिस राखेर जनता तर्साउने काम भयो । राणा शासनको पालाजस्तो पुलिसले जनता तर्साउने काम गर्यो । तस्कर भनेर नेता पौडेलले सांसद किसान श्रेष्ठप्रति संकेत गरेका हुन् ।
जनताले बोलाएपछि जानुपर्यो । त्यहाँको उपभोक्ता समितिले आउनुस् भन्यो । म जनताकै काममा गएको थिएँ । हामी राम्रो काम गरेको यो सरकारले देख्न सकेन । प्रहरी लगाएर टियर ग्यास हान्यो । जुन व्यवहार मसँग गर्यो, त्यो अधिनायकवाद हो । केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो । यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन । बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन ।
यो परिवर्तनमा केपी ओलीको कुनै हात छैन । किसान श्रेष्ठ जस्तो तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्यायो । अहिले यिनैका इसारामा यो काम भइरहेको छ । यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
प्रतिजैविक औषधिका कारण विरामी हुने मानिसका लागि ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार