‘केपी तेरो पाराले दु:ख पाए साराले’ भन्दै नेविसंघकाे नाराबाजी
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ०:१८:२
१७ मंसिर, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघको आह्वानमा काठमाडौंको माइतीघरमा साढे ५ बजे विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघले नालायक,निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका बिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले बिकास निर्माण र सामाजिक कार्यमा स्थानिय जनताको चाहना,योजना र निमन्त्रणामा कार्यक्रम स्थलमा जाने क्रममा राज्य शक्ति र सत्ताको बलमा वरिष्ठ राजनीतिज्ञ तथा नेपाली कांग्रेसका शीर्ष नेतामाथी गरिएको सरकार र राज्य द्वारासंरक्षित नेकपा कार्यकर्ताहरुको दुर्ब्यवहार कम्युनिस्ट शासनको बर्बरताको नमुना भएको बताएका छन् ।
वर्तमान ओली सरकार पुर्ण रुपले सर्बसत्ताबादतर्फ उन्मुख भएकाे भन्दै नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । यस्तै कास्कीको पोखरा महेन्द्रपुलमा पनि विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा “केपी चोर देश छोड, केपी तेरो पाराले दुख पाए सारालेू वरिष्ठ नेतालाई रिहा गर, लगायतका नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार