प्रदर्शनमा मारिएका पीडितलाई प्रदेश सरकारको राहत
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार २:७:१७
१७ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ । आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गरे । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाए ।
मङ्सिर–७ गते आइतबार साँझ अपहरणमा परी भोलिपल्ट ९ मध्यरातमा बोरामा खाँदिएको अवस्थामा शव बरामद भएकी बर्दिबास–१४ शुभम् बस्तीका शहीद आलमकी छ वर्षीया छोरी गुलाव शाह ‘गुलवशा’ खातुन र प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका बर्दिबास–१ का बुद्धिराज ‘सञ्जय’ न्यौपानेका परिवारलाई पाँच÷पाँच लाख नगद प्रदान गरिने मन्त्री यादवले घोषणा गरे ।
मङ्सिर–९ गते मङ्गलबार बालिका अपहरण र हत्या गर्नेलाई कडा कार्वाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा सोही रात उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेश सरकारले प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास–५ का श्याम कार्की र बालिका गुलवशाका आफन्त आफताव आलमलाई एक÷एक लाख प्रदान गर्ने घोषणा गरेको छ । मन्त्री यादवले मृतक न्यौपानेका नाबालक छोराछोरीको पठनपाठन व्यवस्थाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्ने प्रतिबद्धता पनि जनाए ।
बर्दिबासको यो घटना प्रकरणले यहाँ मङ्सिर ८ गतेदेखि नै चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले दिनदिनजसो बजार बन्द गराएर प्रदर्शन गर्दै आएका थिए । गत बिहीबार ‘मङ्सिर ११ गते’ गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने, पीडित परिवारलाई राहत दिने र दोषीलाई कडा कार्वाही गर्ने नागरिकस्तरबाट गठित वार्ता समितिसँग प्रतिबद्धता जनाएपछि आन्दोलन मत्थर हुनसँगै सोही दिन न्यौपानेको काठमाडौँमा र बालिका गुलवशाको जनकपुरमा आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टि भएको थियो ।
घटना प्रकरणमा गृह मन्त्रालयबाट गठित उपसचिव नेतृत्वको टोलीले बर्दिबासमा छानबिन शुरु गरेको छ । यसैगरी गत बिहीबार नै बर्दिबास नगरपालिकाले दुवै मृतक परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार नगद र दुवै परिवारका एक÷एक जनालाई योग्यता क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार