हरेक दिन नयाँ रेकर्ड बनाउँदै नेप्से,आज सात अर्बमाथिको कारोबार
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ३:७:३२
१७ मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज पनि ७१ अङ्कको वृद्धि देखिएको हो । नेप्से र कारोबार रकम समेत आज नयाँ विन्दुमा पुगेको मात्रै छैन, नयाँ रेकर्ड पनि कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ७०.६२ ले वृद्धि भई दुई हजार ७१.०२ मा पुगेको छ । नेप्सेले हालसम्म कायम गरेको मध्ये यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.२५ ले वृद्धि भई ३९६.०४ मा पुगेको छ । कूल २०१ कम्पनीको एक करोड ५५ लाख ६४ हजार ४२७ कित्ता रु सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूह १६.६३ विन्दुले ओरालो लाग्दा बैंकिङ ६.३८, होटल ५१।१६, विकास बैंक २२.५९, जलविद्युत् ८८.९९, वित्त ३.७६, निर्जीवन बीमा २४४.८२, उत्पादन ३०३.१२, अन्य १४०.८९, लघुवित्त २३२.५६, जीवन बीमा ६०८.७३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४० करोड सात लाख ८३ हजार ७५५ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ३० करोड ६२ लाख दुई हजार ६८६, नबिल बैंक रु २२ करोड ८० लाख ३६ हजार ३५१, हिमालयन डिस्टिलर रु २२ करोड १५ लाख ९५ हजार ५९२, नेसनल लाइफ इन्सुरेन्स रु १९ करोड ९८ लाख ६० हजार २७४, नेको इन्सुरेन्स रु १८ करोड ६७ लाख १० हजार ३२७, नागरिक लगानी कोष रु १६ करोड ३६ लाख ३४ हजार २९२ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार, महिला लघुवित्त वित्तीय संस्था १०, साञ्जेन जलविद्युत् कम्पनी १०, जनउत्थान सामुदायिक लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स १०, विजय लघुवित्त वित्तीय संस्था १०, हिमालयन डिस्टिलरी १०, लक्ष्मी लघुवित्त वित्तीय संस्था १०, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस आधारमा आज १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, युनिलिभर नेपाल ५.१९, नेपाल बङ्गलादेश बैंक ३.३४, अरुण भ्याली हाइड्रोपार २.३९, जोशी हाइड्रोपावर २.३८, साल्ट टे«डिङ कर्पोरेसन २.०८, हिमालयन जनरल इन्सुरेन्स १.९३ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.७५ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार