पौडेलको गिरफ्तारीप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा गम्भीर खेद प्रकट
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ५:१०:२५
१७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा गरेको छ ।आफ्नो गृह जिल्ला तनहुमा स्थानीय जनताको माग र उपभोक्ता समितिको निमन्त्रणामा आज व्यास नगरपालिका वडा नं १० बुल्दी खोलाको मोटरवल पुल उदघाटनको क्रममा सरकारले नेता पौडेलमाथि गरेको अवरोध, धरपकड र गिरफ्तारीप्रति समिति अमेरिकाले घोर निन्दा र भर्त्सना गरेको हाे ।
समितिका महासचिव मुनिन्द्र नेम्बाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, नेकपा सरकारकले राज्य सत्ताको चरम दुरूपयोग गर्दै, नेपाली जनता माथि लाठि चार्ज गर्ने बल प्रयोग गरी कार्यक्रमलाई बिथोल्ने र फरक बिचार बोकेका नेता, कार्यकर्तामाथि निर्मम दमन र दुर्ब्यवहार गर्ने सरकारको यस्ता सर्वसत्तावादी चिन्तन र व्यवहार घोर निन्दनीय असैय भएको ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका यस घटनाप्रति गम्भीर खेद प्रकट गर्दछ ।
त्यसैले तत्काल सरकारले गरेका यस्ता कुकृत्य प्रति माफी माग्दै, नेकाका वरिष्ठ नेता लगायत हिरासतमा भएका सबै नेताहरूलाई ससम्मान रिहाइ गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, लोकतन्त्र र कनुनी राज्यको धज्जी उडाउने नेकपा सरकारको यस्ता रवैया, अधिनायकवादी सोच र घटनाको बिरूद्धमा सम्पूर्ण देश विदेशमा छरीएर रहेका लोकतन्त्रवादी नेपाली जनताहरू आन्दोलित हुन र लोकतन्त्र र कानुनी राज्यको रक्षार्थ एकजुट हुन समितिले सबैमा बिनम्र आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार