तनहुँमा विरोध प्रदर्शन गरेर पुल उद्घाटन गर्ने वरिष्ठ नेता पौडलको तयारी
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार १८:१७:४०
१८ मंसिर, पोखरा । तनहुँको विवादित बुल्दीखोलाको पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै उद्घाटन गर्ने भएका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको विवादका कारण ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको अन्तर्गत बुल्दीखोलामा पुल बिहीबार नेता पौडेलले नै उद्घाटन गर्ने तयारी गरेका हुन् ।
यसअघि हिजो तत्काल पुल उद्घाटनको कार्यक्रम रोक्न जिल्ला प्रशासनले पत्र काटेको थियो । कांग्रेसलाई रोक्न नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गरेर पुल उद्घाटन कार्यक्रम नै रद्द भएको थियो । सोही क्रममा वरिष्ठ नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पौडेलसहित केही नेतालाई प्रहरीले प्रक्राउ गरी निषेधाज्ञा अवधि सकिएपछि रिहा गरेको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेसले टायर बाल्दै आन्दोलनसमेत गरेका थिए । प्रहरी नियन्त्रणमै रहँदा पौडेलले केपी ओली सरकारले सुनियोजितरुपमा आफूलाई पक्राउ गरेको र यसको देशैभरि प्रतिवाद हुने बताएका थिए ।
कांग्रेसले आज दमौली बजारमा प्रदर्शनका लागि आहृवान गरेको छ । वरिष्ठ नेता पौडेलसहित माथि सरकारले अधिनायकवादी शैलीमा धरपकड र दमन गरेको भन्दै वरोधमा विशाल प्रदर्शन गर्ने र जुलुससहित बुधबार अधुरो रहेको पुल उद्घाटत सपना पूरा गर्ने तयारी कांग्रेसको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार