ओली द्विविधामा
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार १८:२८:४८
१८ मंसिर, काठमाडौं । हिजो बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली दोधारमा थिए । किनभने दिउँसो १ बजे सचिवालय बैठक बस्दै थियो, त्यो पनि उनकै सरकारी निवासमा । बैठकमा जाउँ एक्लो पर्ने अवस्था, नजाउँ दुनियाँका अगाडि लोकतन्त्रवादी भन्न सकस । त्यसैले उनले निकटस्थहरुसँग सोधे – के गर्ने ?
धेरैले बैठकमा सहभागी हुँदा नै राम्रो होला भने । त्यसपछि ओलीले निकट सहयोगीसमेत रहेका पार्टी महासचिव विष्णु पौडेललाई भने– प्रचण्ड (पुष्पकमल दाहाल) लाई फोन गरेर एकघण्टा ढिलो बैठक गर्न अह्राए । प्रचण्डले पनि ओली आउने भनेपछि एक घण्टापछि नै बैठक गर्न सहमति जनाए । २ बजे सचिवालय सदस्यहरु बालुवाटार पुगिसकेका थिए । बैठक हलमा सबै आए, ईश्वर पोखरेल र महासचिव पौडेल भने सबैभन्दा ढिला पुगे ।
अनि प्रचण्डले सोधे– ओलीजी खै त ? महासचिव पौडेलले जवाफ फर्काए– आज नआउने भन्नुभयो । त्यसपछि बैठकमा हल्ला हुन थाल्यो । वरिष्ठ नेता झलनाथ खनाल सबैभन्दा चर्किएर कराए – हामीलाई यत्रोबेर कुराएर ओलीजी नआउने ? यो त हेपाहा नीति भयो । त्यसपछि वामदेव गौतम पनि कड्किए – ओलीजीमा अली बढ्तै दम्भ पलाएको छ । हाम्रो काम छैन र यहाँ कुरिरहने ? अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि कुर्लिए – नआउने नै थियो भने किन अल्मल्याएको ?
सबैको स्वर चर्काे भएपछि प्रचण्डले थपे–पौडेलजी प्रधानमन्त्री किन नआउने ? त्यसपछि पौडेल र ईश्वरले प्रचण्डलाई बैठक कक्षको एउटा कुनामा लगे । केही बेर खासखुस भयो । अनि प्रचण्ड आफ्नो आशनमा आएर भने – ओलीजी नबस्ने बैठकमा के छलफल गर्ने ? एक दुई दिन समय पाए तयारीका साथ बैठकमा आउने सन्देश ओलीजीले पठाउनु भएको रहेछ, पर्खाैं न त । नत्र पार्टी फुटाएको भन्दै उहाँ उफ्रन पाउने अवस्था आयो । पर्सि २० गते शनिबार अर्काे बैठक गरौं, त्यसमा ओलीजी नआए बहुमतको आधारमा निर्णय गरौंला ।
यति भनेर बैठक समापन गरियो । तर २० गतेको बैठकमा ओली आउलान् वा नआए कसरी जाने भन्ने चिन्ता प्रचण्ड– नेपाल पक्षलाई पनि छ । ओलीले संक्रमणकालको आडमा बहुमतको निर्णय नमान्ने केटाकेटी तर्क गरेको भन्दै नेपाल पक्षले कडा प्रतिवाद गर्ने बताएको छ । तर ओलीलाई पार्टीबाट निस्काशन गर्ने वा प्रधानमन्त्रीबाट राजीनामा गर्न आदेश दिने अवस्थामा नेताहरु छैनन् ।
प्रधानमन्त्री ओली पनि अब निर्णायक रणनीति तयार गर्नमै व्यस्त छन् । हिजोको सचिवालय बैठकमा जाने मनस्थिति बनाएका ओली निकटस्थहरुसँगको छलफलपछि फेरि ब्याक भए । किनभने बहुमत सदस्यले प्रचण्डको प्रतिवेदन पास गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गर्ने सुइँको उनले पाइसकेका थिए । त्यसैले बैठकमा नजाँदा नै आफू सुरक्षित रहने उनको बुझाई रह्यो ।
अब केही दिनमा उनी प्रचण्डसँग निकट सम्बन्ध बनाएर जाने रणनीति बनाउँदैछन् । ओलीका निकटवर्तीहरुले प्रचण्डलाई फकाएर जाँदा नै सुरक्षित रहन सकिने सुझाव दिएका छन् । तर ओली भने सकेसम्म पूर्व एमालेहरुलाई एकतावद्ध बनाएर प्रचण्डलाई लघार्ने पक्षमै छन् । नेता माधव नेपालले ओलीको चाहनामा भाँजो हाल्ने अवस्थाप्रति पनि सजग छन् ।
नेता नेपालले ओलीकै सामुन्ने अब पूर्व एमाले र पूर्व माओवादी भनेर कित्ताकाट नहुने बताए । साथै, पार्टी नफुट्ने बरु ओली चोइटिएर जान सक्ने पनि प्रष्टसँग बताए । त्यसले गर्दा ओली निकट नेताहरु तत्काललाई नेपाल भन्दा प्रचण्डसँग सहकार्य गर्ने वातावरण बनाउने पक्षमा छन् । तर त्यसको आधार प्रष्ट छैन । हिजोसम्म ओली निकट देखिएका रामबहादुर थापासमेत विस्तारै प्रचण्ड गुटमा खुल्ने अवस्था निर्माण भएकाले ओलीले सचिवालय बैठकमा रुची नदेखाएका हुन् । त्यसैले ओली निकट समूहले प्रचण्डसँग सहमति बनाउने वातावरण तयार गर्न केही समय चाहेका छन् । यस प्रयोजनका लागि महासचिव पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अग्रसर भएका छन् ।
तर ओली पक्षले जतिसुकै फकाए वा प्रलोभन दिएपनि प्रचण्ड भने फस्नेवाला छैनन् । प्रचण्डले सबै निर्णय सामुहिक रुपमा हुनुपर्ने बटमलाइन तयार गरेका छन् । अब जे निर्णय गर्ने हो त्यो ओलीजीसँग व्यक्तिगत रुपमा हैन समूहमा मात्र हुन्छ–प्रचण्ड निकट एक नेताले भने । ओली पक्षले चाहिं दुबै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन फिर्ता गरेर महासचिवलाई एकल प्रतिवेदन प्रस्तुुत गर्न दिनुपर्ने शर्त राखेको छ । साथै, गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न आफू तयार रहेको सन्देशसमेत ओली पक्षले दिएको छ । तर प्रचण्ड – नेपाल पक्षले भने अब ओलीसँग कुनैपनि उधारो सम्झौता नगर्ने अडान लिएको छ ।
साथै, दोस्रो विकल्पमा ओली पक्षले प्रचण्डलाई चुनावी सरकारको नेतृत्व गर्ने प्रस्ताव गर्ने भएको छ । यस्तो प्रस्ताव यसअघि पनि ओलीले दिएका थिए । तर वान टू वान छलफलमा–प्रचण्ड निकट स्रोतले भन्यो । अब यस्तो प्रस्ताव व्यक्तिगत रुपमा नभई सचिवालय बैठकमा आयो भने सामुहिक निर्णय गर्ने हो – स्रोत भन्छ । तर ओली पक्ष चाहिं प्रचण्डसँग व्यक्तिगत रुपमा यस्तो प्रस्ताव राख्ने पक्षमा छ ।
प्रचण्डसँग सहमति हुन नसक्दा ओलीले नेता नेपाल पक्षको साथ लिने अर्काे रणनीति बनाएको छ । जसमा महाधिवेशन अगावै अध्यक्ष पद नेता नेपाललाई छाडेर पाँच वर्ष प्रधानमन्त्री बन्ने ओलीको चाहना हुन सक्छ । यो चाहिं उनका लागि सहज प्रस्ताव हैन । किनभने नेता नेपालले यस्तो प्रस्ताव मान्ने सम्भावना कमै छ । यद्यपि सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव ल्याएभने छलफल गर्ने पक्षमा नेता नेपाल रहेका छन् ।
ओली भने व्यक्तिगत रुपमा मात्रै सहमति गर्ने पक्षमा छन् । साँच्चै भन्ने हो भने प्रधानमन्त्रीजी अहिले कसैसँग झुक्ने पक्षमा हुनुहुन्न – बालुवाटार निकट स्रोत भन्छ । तर निकट साथीहरु र राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सकेसम्म पार्टी भित्रै मिलाएर जाने पक्षमा देखिएकाले मात्रै ओली अली लचक देखिएका हुन् । नत्र ओली त दल विभाजन गरी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर चुनाव गराउने पक्षमा छन् ।
पार्टी भित्र कुनै पनि अर्थमा सहमति नहुँदा चौथो विकल्पका रुपमा रहेको यो कदम ओलीले चाल्ने सम्भावना कमजोर बनिसकेको छैन । त्यसका लागि संसद्को नियमित अधिवेशन बस्नु अगावै निर्णय गरिसक्नुपर्ने बाध्यता ओलीका सामु रहेको छ । त्यसैले ओली सबैतिर ठूलो दबाबमा परेका छन् । कसरी जाने भन्ने कुरो उनले चाँडै नै तय गर्नुपर्ने बाध्यता आइपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार