संसदकाे हिउँदे अधिवेशन पुस भित्रै सुरु हुने, संसद कति सुरक्षित ?
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार २२:३०:१
१८ मंसिर, काठमाडौं । आगामी महिना संसद्को हिउँदे अधिवेशन सुरू हुने भएकाे छ । अधिवेशन महामारीमै गर्नुपर्ने भएकाले कोरोना भाइरस फैलिन नदिई बैठक गर्न आवश्यक तयारी भइरहेको संसद सचिवालयले जनाएको छ। गत वैशाखमा सुरु भएको संसद्को बजेट अधिवेशन असार १८ सकिएको थियो।
संसद्को एउटा अधिवेशन समाप्त भएको छ महिना नपुग्दै अर्को अधिवेशन प्रारम्भ हुनुपर्ने संवैधानिक प्रावधान छ। त्यसैले यसपाली हिउँदे अधिवेशन पुस १७ भित्र सुरु भइसक्नु पर्नेछ । अधिवेशन पुस लागेपछि आह्वान हुने अनुमान गरिएको छ। तर सरकारले अझै मिति तय गरिसकेको छैन।
के भन्छ संविधान ?
संविधानको धारा ९३ ले संसद्का दुईवटा अधिवेशनबीचको दूरी छ महिना बढी हुन नहुने व्यवस्था गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । तर संसद् अधिवेशन सुरु गर्नैपर्ने बाध्यात्मक समयसीमा नजिक आइसक्दा समेत सरकारले संसदको हिउँदे अधिवेशनको मिति तय गर्न सकेको छैन।
गत साता प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँग अनुभव आदानप्रदान गर्न आयोजित कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् अधिवेशन छिट्टै आह्वान हुने भन्दै आवश्यक तयारी पूरा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी थिइन्।
कसरी हुँदैछ तयारी ?
अधिवेशन सुरु हुनुअघि सबै सांसदको कोरोना भाइरस परीक्षण गरिदिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ। त्यसबाहेक संसद् भवनमा सांसद् र कर्मचारीको ज्वरो मापन गर्न विशेष उपकरण प्रयोग गरिन लागेको छ। उक्त उपकरण नेपालमै बनाइएको हो।
कोरोना भाइरस महामारीका कारण संसदीय समितिका बैठकहरू पनि प्रभावित हुँदै आएका छन् । संसद् सचिवालयले दोस्रो चरणमा संसदीय समिति बैठक हुने हलहरूमा समेत यस्तो उपकरण राखेर समितिका बैठकहरू गर्न सकिने सम्भावनाबारे छफफल सुरु गरेको छ । संसद् सचिवालयकाे प्रवेशद्वारमा यस्तो उपकरण जडान गरेर चारवटा ठूला हलमा समिति बैठक राख्ने विषयमा अध्ययन भइरहेको छ।
कसरी परीक्षण ?
संसद् सचिवालयका अनुसार संसद्मा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यसम्बन्धी उपाय अवलम्बन गरिनेछ। प्रमुख प्रस्थानबिन्दुमै स्वचालित सेन्सरबाट सांसद तथा कर्मचारीहरूको हात सरसफाइ गरिन्छ र त्यसपछि दोस्रो प्रस्थानबिन्दुमा थर्मल स्क्यानरबाट तापक्रम नापिने तयारी भइरहेकाे उल्लेख गरिएकाे छ ।
संसदको सभाहलतर्फ प्रस्थान गर्ने द्वारमा जडान गरिएको उपकरणको दुईदेखि छ मिटरको दूरीमा कोही पुग्नेबित्तिकै त्यसले मानिसको शरीरको तापक्रम आफैँ नापेर सँगै राखिएको एउटा कम्प्युटरमा देखाइदिन्छ। संसद् सचिवालयका अनुसार यो उपकरण सामान्यतया प्रयोग गरिने थर्मल गनभन्दा बढी प्रभावकारी छ।
ज्वरो देखिए के हुन्छ ?
संसद् सचिवालयले ज्वरो आएका सांसदलाई संसद् परिसरमै अरूबाट छुट्याएर राखिने जनाएको छ। १०२.२ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम देखिने सांसदलाई केही समय आइसोलेशनमा राखेर थप उपचार आवश्यक परे अस्पताल लगिनेछ। संसद् बैठक हुँदा सधैँ एउटा एम्बुलेन्स तयारी अवस्थामा संसद् भवन परिसरमा राख्ने गरिएको छ।
अधिवेशन सुरु हुनुअघि नै सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट परीक्षण गर्न सकिने कोरोना भाइरस फैलिने जोखिम न्यून हुने संसद् सचिवालयको भनाइ छ। लकडाउन भएको बेला सञ्चालित बर्खे अधिवेशनमा सबै सांसदको परीक्षण गरिएको थियो।
संसद् कति सुरक्षित ?
भौतिक दूरी र जनस्वास्वास्थ्यसम्बन्धी सबै उपाय अवलम्बन गरी संसद् भवनलाई सुरक्षित रूपमा बस्न मिल्नेगरी व्यवस्थापन गर्न लागिएको छ । सभाकक्षमा सांसदहरूबीच दुई मिटरको दूरी कायम हुनेगरी सीट व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ। यसपालि सभाहलको पछाडिपट्टि दर्शक, पत्रकार र कर्मचारीहरू बस्ने क्षेत्रमा पनि सांसदहरूलाई राखिनेछ।
गत वैशाखदेखि असारसम्म चलेको संसद्को बजेट अधिवेशनमा पनि सभाहलमा एक-एक सीटको फरकमा सांसदहरूलाई बसालिएको भए पनि न्यूनतम दूरी कायम गरिएको थिएन।
यस पटक प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा न्यूनतम दूरी कायम हुने संसद् सचिवालयको दाबी छ।साथै याे पटक सांसदहरूले प्रयोग गर्ने कुर्सी, टेबल, माइक सबैलाई दुई भिन्न उपकरणको प्रयोगबाट निर्मलीकरण गरिने सचिवालयले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार