रेडियो बीरगंजको १८ औं बार्षिक उत्सवमा वृहत रक्तदान गरिने
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार ६:४:३४
१९ मंसिर, बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जको १८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा यहि मंसिर २० गते शनिबार रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने आज रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताए ।
उनले रेडियो वीरगंजले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुनः यस पटक पनि रेडियो वीरगंजले आयोजना गर्ने रक्तदान कार्यक्रम ऐतिहासिक रहने बताए । पत्रकार सम्मेलनमा साहले यस पटक विश्वव्यापी कोरोना महामारीका कारण रेडियो बीरगंजको साताव्यापी रुपमा बार्षिक उत्सव मनाउने उद्देश्य पुरा हुन नसकेको समेत बताए ।
रेडियो वीरगंजद्वारा जारी विज्ञप्तीमा कोरोना कहरकाविच पनि प्रदेश २ मा रगतको अभावले कसैले जिवन गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तीमा यस पटक रेडियो वीरगंजको नयाँ प्रस्तुतीको रुपमा टिभी वीरगंज परिक्षण प्रशारण भई रहेकोमा आगामी मंसिर २६ गते शुक्रवारबाट टिभी वीरगंजले समेत समाचार सहितका विविध कार्यक्रमको नियमित प्रशारण गर्ने कुरा उल्लेख गरिएको छ ।
यसैगरी सोही दिन देखि रेडियो पोखरीया १०५.८ मेगाहर्जले समेत नियमित प्रशारण शुरु गर्ने कार्यकारी अध्यक्ष साहले बताए । पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो बीरगंजले छिटै मनोरञ्जनको सौगातको रुपमा बीरगंज म्युजिकल एफएम १००.३ मेगाहर्ज समेत संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा टिभी वीरगंजका संचालक सदस्य सुन्दर कुर्मी लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार