चार महिनामा १ लाख ९८ हजार मेट्रिक टन चामल आयात
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार ७:७:३६
१९ मंसिर, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो ।
यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो ।
गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसक्यो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।
अर्थविदहरु चिन्ता मात्रै गरेर बस्ने तर कृषि क्षेत्रमा लगानी नगर्ने सरकार र निजी क्षेत्रको प्रवृत्तिका कारण चामल आयातमा निरन्तर वृद्धि भएको बताउँछन् । लगानी, अनुदान लगायत सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म चामल आयात बढिरहने उनीहरु बताउँछन् ।
भन्सार विभागका महानिर्देशक दाहाल सीमामा कडाइ गर्दा विगतमा जस्तो अवैध रुपमा भित्रिने चामल पनि भन्सार नाका हुँदै आएकोले आयात बढेको देखिएको हुनसक्ने बताउँछन् । ब्यापारीहरुले महामारीमा आयात गर्न असहज हुने देखेर एकैपटक आयात गरेको ल्याएको पनि हुनसक्ने विभागको आकलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार