बालसुधार केन्द्रका कैदीबन्दी फरार

नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १६:५१:५७

१९ मंसिर ,डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि गरेको हत्या अभियोगमा पक्राउ परी उमेर कम भएका कारण पुर्पक्षका लागि उनलाई जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।
पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएका बोहरा गए राति ११ बजे बेपत्ता भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
उनले भने, “कोरोना सङ्क्रमण देखिएपछि राजेन्द्रलाई हामीले अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ, राति एकाएक बेपत्ता भएपछि खोजी गरिरहेका छौँ, फेला परेका छैनन् ।” बेपत्ता भएका बोहराको खोजीका लागि जिल्लाका प्रहरी प्रमुख पाण्डेय, प्रहरी नायब उपरीक्षक मल्ल, निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
फरार भएका बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेका थिए । उक्त करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । फरार बोहराको खोजीका लागि यहाँका विभिन्न नाका तथा यातायातका साधन जाँचमा प्रहरीले गए रातिदेखि कडाइ गरेको छ भने व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार