‘डिसेम्बर फल्स’ मा जम्ला त आर्यन र उपासनाको जोडी !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १७:३२:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/upasana-1_CP60E9fbSr.jpg)
१९ मंसिर, काठमाडौं । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् ।
त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् । भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् ।
अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् ।
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,संचारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।
भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले खिच्ने फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र सम्वाद केदार भुसालको हो । दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौ र पोखरामा खिचीने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार