ओलीका दूतको बढ्दो सक्रियता, खुमलटार हुँदै ईश्वर पुगे शीतल निवास
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १८:५७:५८
१९ मंसिर, काठमाडौं । भोलिको सचिवालय बैठकले कडै निर्णय लिने छनक पाएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीको सक्रियता बढेको छ । आफूविरुद्ध अप्रिय निर्णय नहोस् भनेर ओलीले हिजैबाट आफ्ना दूतहरुलाई अग्रसर गराएका छन् । ओलीले सबैभन्दा पहिला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रोक्ने प्रयास थालेका छन् ।
यसका लागि उनले प्रचण्डले समेत पत्याएका नेताहरु परिचालन गरेका छन् । हिजै महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई खुमलटार पठाए । तर प्रचण्डले कुनै लचकता नदेखाएपछि शीतल निवास प्रयोग गरे । ओलीको आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई बोलाएर छलफल गरिन् ।
तर समस्याको जड ओली नै भएको भन्दै प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरिदिए । त्यसपछि ओलीको छटपटाहट अझै चुलिएको छ । आज सखारै ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई खुमलटार पठाए । खुमलटारमा प्रचण्डलाई भेटेपछि ईश्वर अहिले शीतल निवास पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार