तनहुँ घटनाबारे कांग्रेस सिरियस, के हाेला निर्णय ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १९:१०:३६
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि वर्तमान सरकारले गरेको दुर्व्यवहारका सम्बन्धमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार, दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्नेछ । गत बुधबार तनहुँमा निर्मित एउटा पुलको उद्घाटन गर्न गएका नेता पौडेलमाथि ओली सरकारले बर्बर दमन गरेको थियो । उक्त घटनाको सर्बत्र विरोध र निन्दा भएको छ ।
यसबारे सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कुरा गरेका थिए । तर ओलीले यसबारे गम्भिरतापूर्वक नलिएको देउवा निकट स्रोतले बतायो ।
ओली सरकारको सर्वसत्तावाद विरुद्ध आन्दोनल गर्नुपर्ने अवस्था आएको भन्दै कांग्रेसले विरोध जनाएको छ ।
यसबारे आजको पदाधिकारी बैठकले एउटा ठोस निर्णय लिने विश्वास प्रवक्ता शर्माले दिलाए । आज वरिष्ठ नेता पौडेलसमेत सहभागी हुने बैठकमा उनका कुरा सुनेर थप निर्णय लिन सकिने पनि प्रवक्ता शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार