गुट्का तथा सुपारीजन्य समाग्री उत्पादन गर्ने उद्योग बन्द हुने तयारीमा
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार २१:३:२१
१९ मंसिर, काठमाडौं । सुपारीको अभावका कारण नेपालमा सञ्चालित गुट्का तथा सुपारीजन्य सामग्री उत्पादन गर्ने उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट सरकारलाई अर्बौको राजश्व घाटा भएको छ । नेपालमा उत्पादित सुपारीबाट मात्र यहाँका उद्योगहरुका लागि आवश्यक पर्ने सुपारी नपुगिरहेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तेस्रो मुलुकबाट सुपारी आयात गर्ने प्रकृया अगाडि नबढाउँदा नेपालमा सुपारीको अभाव सिर्जना भएको हो ।
नेपालका विभिन्न स्थानमा गुट्का तथा सुपारीजन्य सामग्री उत्पादन गर्ने ३६ वटा उद्योगहरु रहेका छन् । यी मध्ये कच्चा पदार्थको रुपमा रहेको सुपारीको अभावका कारण पाँच वटा उद्योग लगभग बन्द भइसकेका छन् । नेपालका विभिन्न स्थानमा रहेका मधु, निधि, मेघाश्री, करेन्ट र भोला उत्पादन गर्ने गुट्का उद्योगहरु बन्द हुने अबस्थामा पुगेका हुन । यस बाहेक अन्य उद्योगहरुले पनि सुपारी अभावका कारण आफ्नो उत्पादनलाइ पचास प्रतिसतमा झारिसकेका छन् । यी उद्योगहरुको नियमित तथा पूर्ण सञ्चालनबाट सरकारलाई मासिक आठदेखि दश अर्ब राजश्व प्राप्त भइरहेको थियो ।
इण्डोनेसिया र मलेसियाबाट नेपालमा ठूलो परिमाणमा सुपारी आयात भइरहेको अवस्थामा मन्त्रालयले विगत पाँच महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रोकेको सुपारी आयात खुला नगर्दा उद्योगहरु मारमा परेका हुन । मन्त्रालयले विगत केही महिनादेखि तेस्रो मुलुकबाट आयात हुने धेरै वस्तुहरुको आयात रोकेको थियो । पछिल्लो समय मुलुकको राजश्व संकलनमा कमी आउन थालेपछि तेस्रो मुलुकबाट आयात हुने रक्सीहरु समेतको आयात खुला गरिसकेको अवस्थामा सुपारीको आयातलाई पनि तत्काल खुला गरेर उद्योगहरुको सञ्चालनमा सहजताका साथै मुलुकका राजश्व वृद्धिलाई पनि प्राथमिकता दिनु पर्ने देखिन्छ ।
नेपालमा वार्षिक करिब ४५ हजार मेट्रिक टन सुपारी खपत हुन्छ तर नेपालमा स्वदेशी उत्पादन करिब १४ हजार मेट्रिक टनमात्र हुने गरेको छ । पूर्वी नेपालको तीन वटा जिल्लामा अहिले सुपारीको व्यवसायिक खेती भइरहेको छ । कृषि निर्देशनालय विराटनगरको तथ्यांक अनुसार झापामा २ हजार ६३० हेक्टर, मोरङ्गमा आठ सय हेक्टर र इलाममा २५० हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । यस क्रममा झापाबाट ९ हजार ७२० मेट्रिक टन, मोरङ्गबाट २ हजार ८५० मेट्रिक टन र इलामबाट पाँच सय मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ ।
यी तीनवटा जिल्लामा सुपारीको उत्पादनको सम्भाव्यता अधिक रहेकोले सुपारी उत्पादनको पकेट क्षेत्र बनाउदै स्वदेशी उत्पादन बढाउनेतर्फ सरकारले साेच्नुपर्ने देखिन्छ । मुलुकका अन्य बीस भन्दा बढी जिल्लाहरुमा पनि सुपारी खेती गर्न सकिने प्राविधिकहरुको भनाइ छ । तर अहिले देखिएको सुपारीको अभाव अनि त्यसबाट गुट्का उद्योगहरुलाई परेको समस्या समाधानका लागि तत्काल सुपारीको आयात खोल्नु पर्ने र यो सगैं स्वदेशमै सुपारी उत्पादन वृद्धि गर्नका लागि किसानलाई प्रोत्साहित गर्ने योजना सरकारले अगाडि सार्नुपर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
असोज १९, २०८१ शनिबार
विश्व बैंकले भन्यो, चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ५.१ प्रतिशत पुग्छ
असोज १६, २०८१ बुधबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार