हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकको अतिक्रमण हटाउन सुरु
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ शनिबार १२:२२:७
◊ धीरुभाई
२० मंसिर सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाले शुक्रबार हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडक खण्डमा अतिक्रमण हटाउन सुरु गरिएको छ । । नगरपालिकाले नगर क्षेत्रको हुलाकी सडक अन्तर्गत बिसनपुर–स्वर्णपट्टी सडक खण्डमा सडक पेट्टीका अतिक्रमण हटाउन सुरु गरेका हुन ।
सडकपेट्टीमा घर निर्माण सामग्री वालुवा, गिट्टी, छड, काठ, दाउरा लगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, ठूलो सवारी साधन, अस्थायी पसलहरु नगरपालिकाले हटाएका छन । सडक पेट्टीमा ती सामग्रीहरु महिनौ दिनसम्म राख्दा बाटो नै साँगुरो भइ सवारी सधानलाई गुड्न सास्ती भोग्नु पर्नुकोसाथै सडकलाई नै कुरुप बनाइएको थियो । यसले पैदलयात्रु, सानो सवारी साधन समेतलाई आउजाउ गर्न समस्या भोग्नुको साथै दुर्घटना हुने गरेको थियो ।
सडकलाई नै अतिक्रमण गरी निजी रुपमा प्रयोग भइरहेको कारण नगरपालिकाले ती अतिक्रमण हटाउन पटक÷पटक सूचना जारी गर्दापनि नगरवासीले अटेर गर्दै आएका थिए । पछिल्लो पटक नगरपालिकाले सडकमा अतिक्रमण हटाउन गत कात्तिक १८ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए । सात दिनमा अतिक्रमण खाली गर्न भनिएको उक्त सूचनालाई समेत अटेर गर्दा शुक्रबार नगरपालिकाले स्थानीय सुरक्षाकर्मीको सहयोगमा जेसीबी लगाएर अतिक्रमण हटाएको बताएका छन ।
हुलाकी सडकको बिसनपुर स्वर्णपट्टी सडक निर्माण सम्पन्न भएपनि हस्तान्तरण भएको छैन । यस सडकको ग्रामिण बस्ति खण्डमा सडकमै गाईबस्तु बाँध्ने, धान सुकाउने, थ्रसेर राखेर दाउनी गर्ने, विवाहमा टेण्ट लगाउने, भोतभतेर गर्ने, दाउरा सुकाउने लगायतको कार्य हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार