अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ शनिबार २०:२८:३३
२०मंसिर वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताए।
उनले यसरी यी दुई पक्षबीच शान्ति वार्ता जारी नै रहेका बेला यता अफगानिस्तानमा ठूलो हिंसा हुँदा यसबाट सो वार्ता भड्किने पनि सक्ने बताइएको छ ।
विदेशमन्त्री पोम्पेओले शान्ति वार्ता जारी नै रहेका बेलामा ठूला प्रकृतिका हिंसा बढ्दा त्यसले वार्ता नै भंग हुनसक्ने बताए । विदेशमन्त्री पोम्पेओले शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सो कुरा बताए ।उनले यस विषयमा भनेका थिए – जस्तो कि अफगानिस्तानको विषयमा शान्ति वार्ता कतारको राजधानी दोहामा शुरु भएको छ त्यसैले एकातर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ देशभित्र हिंसा पनि गर्ने काम गर्न मिल्दैन, यस्तै कसैले पनि गर्नु हुदैन ।
तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता शुरु भएको थियो । सो वार्ता अहिले पनि जारी रहेको बताइएको छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ । अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ । तर अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ । यो र तालिबानहरुको पनि केही प्रस्तावका कारण वार्ता अघि बढ्न नसकेको बताइएको छ ।
शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भएपनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ ।
वार्तामा ढिलाई भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कुटनीतिक प्रयत्न जारी राखेका बताइएको छ । तर वार्ता शुरु भएको केही समयपछि रोकिएको बताइएको छ ।अमेरिकी विशेषदूत जाल्मे खलिलजाद समेतले गत महिना दोहामा पुगेर दुबै पक्षका वार्ता टोलीसँग छलफल गरेका थिए । त्यसैगरी नेटोका वरिष्ट प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गरेको बताइएको थियो ।
तर पछिल्लो समयमा शान्ति वार्ताको काम रोकिएको छ भने उता अफगानिस्तानमा भने तालिबानीहरुले हमला गर्ने गरेका छन् । उनीहरुले पछिल्ला हप्ताहरुमा निकै शक्तिशाली आक्रमणहरु गरेर नागरिकको ज्यान लिन थालेका समाचार आएका छन् ।त्यसैले एकतर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ उता हिंसात्मक हमला पनि हुने गरेकोले यसबाट वार्ता भंग पनि हुनसक्ने भन्दै चासो व्यक्त हुन थालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार