सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण गरिँदै
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ शनिबार २३:२१:५२
२० मंसिर, कर्णाली । सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताए । यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ । प्रदेश सरकार र सङ्घीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जग्गा अधिग्रहणका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५०÷५० प्रतिशत बजेट खर्च गर्नेछन् । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० करोड विनियोजन गरेको छ ।
स्थानीयवासीले विमानस्थल विस्तारमा आफूहरु बाधक नभएको तर उचित मुआब्जाको शर्त राखेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले उचित मुआब्जाको ग्यारेन्टी नहुञ्जेल विमानस्थल विस्तारकार्य रोक्ने चेतावनी दिएका छन् । विमानस्थल विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमूना माविको पर्दछ ।
स्थानीयवासी रामप्रसाद उपाध्यायले रु एक अर्ब बजेटले विमानस्थल विस्तार गर्न नसकिने बताए । “चलनचल्तीको दरभाउभन्दा कम मुआब्जा दिए आयोजना अघि बढ्न सक्दैन्”, उनले भने , “विद्यालय, क्याम्पसको उचित व्यवस्थापनसँगै जनताले न्यायिकरूपले पाउनुपर्ने मुआब्जा पहिलो शर्त हो ।” त्यस्तै वीरेन्द्रनगर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले प्रदेश र सङ्घीय सरकारले स्थानीयवासीको न्यायोचित व्यवस्थापन र मुआब्जाका विषयमा स्पष्ट योजना ल्याउनुपर्ने बताए ।
हाल एक हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करिब एक हजार ५०० मिटर पु¥याइनेछ । सुर्खेत विमानस्थल साँघुरो हुँदा ४८ सिटे जहाज उडान र अवतरण हुन्छ । विमानस्थल विस्तार भए ७२ सिटे जहाज अवतरण हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार