सांसद गुरुङद्वारा ४५ करोड विनियोजन

नेपालबहस संवाददाता
मंसिर २०, २०७७ आइतबार २:२०:३६

२० मंसिर ,तनहुँ । तनहुँ क्षेत्र नं १ ‘क’ को समष्ठीगत विकासका लागि चालु आर्थिक वर्षमा करिब ४५ करोड खर्च हुँदै छ । प्रदेशसभा सदस्य रामबहादुर गुरुङको पहलमा गण्डकी प्रदेशले मोटरेबल पुलका लागि करिब रु ३२ करोड र सडकमार्गका लागि रु १३ करोड गरी कूल रु ४४ करोड ८४ लाख विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय तनहुँमार्फत उक्त योजनाको लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य गुरुङले बताए ।
सात मोटरेबल पुल र १० वटा सडकमार्गका लागि उक्त बजेट विनियोजन गरिएको हो । उनले भने, “जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने गरी पाँच वर्षसम्म विकास निर्माणका कामलाई जोड दिइएको छ ।” व्यास नगरपालिका–१ र ३ देउराली नगर जोड्ने बुल्दीखोला सडक पुल निर्माणका लागि अनुमानित रु नौ करोड ५० लाख, व्यास नगरपालिका–८ स्थित रिस्तीखोला मोटरेबल पुलका लागि रु चार करोड ८० लाख ९५ हजार र सोही खोलामा अर्को पुल निर्माणका लागि रु पाँच करोड तीन लाख ५२ हजार विनियोजन गरिएको छ ।
त्यसैगरी बुल्दीखोला पुल निर्माण घाँसीकुवा व्यास–११ फराकचौरका लागि रु चार करोड, दमौली बीसघरे झापुटार रु चार करोड ५० लाख र गोरखा पालुङटार र भानु नगरपालिका जोड्ने मस्र्याङ्दी नदी सडक पुलका लागि रु चार करोड विनियोजन गरिएको छ ।
सडकमार्गलाई बजेट
प्रदेशसभा सदस्य गुरुङले भानुमार्गअन्तर्गत पर्ने चन्द्रावती, पोखरीछाप, पुलिमराङ–बाँसखर्क हुँदै ढाँडफेदीसम्मको लागि रु पाँच करोड विनियोजन भएको बताए। उनका अनुसार कालिमाटी, मानेचौका–कुन्छ सेतीबैँसी हुँदै सत्रसयसम्मको सडकलाई रु दुई करोड, भगवती, रङ्गपथ छिर्कान–मैबल बरभञ्ज्याङमार्गलाई रु एक करोड २५ लाख र अर्चलधारा लौडारी भञ्ज्याङ थानीथान सडकलाई रु एक करोड २५ लाख छुट्टाएको छ ।
मादी, मस्र्याङ मोटरमार्ग–कलेस्ती गजौडे टुहुरेपसल–पाँचसय फाँट रु एक करोड र दरै पँधेरा सेवरको बगैँचा हुँदै कलेस्ती निस्कने मार्गलाई रु ५० लाख बजेट छ । त्यसैगरी बाराही रानीमार्ग व्यास–११ का लागि रु ५० लाख, श्रीकृष्णमार्ग व्यास–७ देखि भानु–१३ पोखरीछाप हुँदै मिर्लुङकोट जोड्ने मोटरमार्गलाई रु ५० लाख, कामी भञ्ज्याङ, लौडारीभञ्ज्याङ हुँदै भानुको दुदेकुना मोटरमार्गलाई रु ५० लाख र बाँके घलेछाप वीरेन्द्रमार्गलाई रु ५० लाख विनियोजन भएको प्रदेशसभा सदस्य गुरुङले जानकारी दिए ।
लोकतान्त्रिक मूल्य मान्यतालाई जीवित राख्दै समृद्ध नेपालको सपना साकार बनाउन यस जिल्लाका सबै सांसदले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले बताए । जनताका आधारभूत आवश्यकता सडक, बत्ती, पुल, खानेपानी, शिक्षा स्वास्थ्यलगायत क्षेत्रलाई प्राथामिकतामा राखेर यस क्षेत्रमा काम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी
फागुन १२, २०८१ सोमबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार