नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ आइतबार ३:३९:३०
२० मंसिर, काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्ड ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।
काठमाडौंकी १९ वर्षीय नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाई एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।
नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिला सशक्त हुने उल्लेख गर्दै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन् ।
सोही प्रश्नको जवाफ दिँदै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार