तपाईकाे साप्ताहिक राशीफल ( मंसिर २८ गते आईतबारदेखि पौष ०४ गते शनिबारसम्म )
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार १३:७:५७
मेष:-( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )
बुधबारसम्मको समय मध्यम रहेकोले नचाहँदा नचाहँदै पनि नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ, ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानी न्युन हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठुलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ, सचेत रहनुहोला । बिहीबारबाट समय उत्तम रहेकोले सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मानसम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।
बृष:- ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )
साताको सुरु र अन्तको समय उत्तम रहेकोले साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धी व्यवसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । मंगगलबार र बुधबारको समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलीमाईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन:-( का,की,कू,घ,ङ,छ,के,को,हा )
दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामोदुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । बिहीबारबाट समय मध्यम रहेकोले वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला, अनावश्यक धन तथा स्थायी सम्पति हानी हुन सक्छ । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलीमाईती बीच सामान्य कुरामा राय बाजिने छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।
कर्कट:- ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )
सोमबारसम्मको समय मध्यम रहेकोले खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै एकअर्का बीच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुश हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जन हुने योग रहेको छ । मंगलबारबाट शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुको प्रयोगमार्फत भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एकअर्का बीच नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाइ लेखाइ प्रगति पथमा अगाडी बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।
सिंह:-( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )
बुधबारसम्मको समय मध्यम रहेकोले सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्ने छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । बिहीबारबाट नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडी बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या:- ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )
साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा सुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेको छ । छोटो दुरीको यात्राको योग रहेको छ । मंगलबार बुधबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मानसम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन्, ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यवसायमा न्यून नाफा हुने हुनाले दैनिकी कष्टकर हुनेछ तरपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।
तुला:- ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
साताको सुरु र अन्तको समय मध्यम रहेकोले सामाजिक कामगर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धाहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थायी सम्पतिमा बिवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्यम रहेको छ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले अदालती तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवनसाथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
बृश्चिक:- ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )
साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्रस्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाती हुनसक्छ । आफन्त,साथीभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
धनु:- ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )
सोमबारसम्मको समय मध्यम रहेकोले बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ । मंगलबारबाट समय उत्तम रहेकोले सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुढड हुने समय रहेको छ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउन सकिने हुँदा आवश्यक्ताहरु परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मकर:- ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
साताको सुरु र अन्तको समय उत्तम रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कामगर्दा बिशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मानसम्मानमा कमी हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला ,सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापार व्यावसायमा मन्दी आउनेछ । तरपनि विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यवसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ ।
कुम्भ:- ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )
लाभभावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरुबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुशी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ । बिहीबारबाट समय मध्यम रहेकोले अनावश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धि समस्या आउन सक्छ, ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । तरपनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मीन:- (‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’)
सोमबारसम्मको समय मध्यम रहेकोले लयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला, गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला, कष्टकर पनि हुन सक्छ । मंगलबारबाट नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ भने नयाँ प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपाईको नाम अग्रस्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिने छ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ । तपाईकाे साता शुभ रहाेस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार