शेयरबजारमा के कारण गयो ६ प्रतिशतको पहिरो ? पहुँच नभएका लगानीकर्ता मारमा
आर्थिक संवाददाता
मंसिर २१, २०७७ आइतबार २२:६:०
२१ मंसिर, काठमाडाैं । नेप्से परिसूचक आज १२३ दशमलव ३४ अंकले घट्दै १९३२ दशमलव ११ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घट्दा शेयरबजार ३ बजे भन्दा अगाडि नै बन्द भएको छ । नेप्से परिसूचकमा ६ प्रतिशतको घटबढ हुँदा शेयरबजार त्यो दिनको लागि बन्द हुन्छ र अर्को दिन मात्र कारोवार हुने गर्छ।
बिहीवार भएको मौद्रिक नीति समिक्षाको कारण शेयरबजार घट्न पुगेको जानकार बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोमा ७० प्रतिशतसम्म ऋण पाउने भनेकोमा बैंकबाट शेयर धितोकर्जामा अत्याधिक ऋण प्रवाह भएकोले नेपाल राष्ट्र बैंकले यो सीमा पुनरावलोकन गर्ने जनाएको थियो । जसको फलस्वरूप लगानीकर्ताहरु केही आत्तिएका थिए ।
मौद्रिक नीति अनुसार शेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाईन्छ भने १२० दिनको औसत मूल्यको आधारमा शेयर कर्जा प्रवाह गरिन्छ ।
नेपाल राष्ट्र बैंकको नीतिले गर्दा अहिलेको शेयरबजार अस्थिर भएको छ । राष्ट्र बैंकले दीर्घकालीन नीति ल्याउन नसक्नु र छोटो-छोटो समयमा बजारलाई असर पार्ने तत्वहरुलाई चलाउँदा शेयरबजारमा अत्याधिक प्रभाव परेको देखिन्छ । एक लगानीकर्ताका अनुसार शेयरबजार केही बढ्न थालेपछि सबै तिरबाट प्रहार हुन्छ ।
बजार वृद्धि भएको बेला धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएकोमा अहिले नेपाल राष्ट्र बैंकको कारण बजारमा नराम्रो असर परेको छ । यो प्रवृत्तिबाट ठूला लगानीकर्ता भन्दा पनि साना लगानीकर्तालाई धेरै असर पर्ने देखिन्छ । ठूला लगानीकर्ताको सबै तिर पहुँच हुने तर साना लगानीकर्ताहरु भने बजारमा सुचना आएपछि शेयर कारोवार गर्ने गर्छन।
मौद्रिक नीतिको समिक्षा आउनु पुर्व बजारमा केही बिक्री चाप देखिएको थियो। बिहीवार नेप्से परिसूचकमा करेक्सन देखिएको थियो।
आज १९७ कम्पनीको शेयर कारोवार हुँदा ७ अर्ब २० करोडको शेयर कारोवार भएको छ । ७ अर्ब कारोवार मध्य १ अर्ब माथिको कारोवार नेपाल पुनर्बीमा कम्पनीको भएको थियो ।
दोश्रो बजार २०५१ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु पनि त्यही रहेको छ । बजार खुलेबाट नै निरन्तर घटेको थियो । बजार बन्द हुँदा ईण्ट्राडे लो बनाएर बन्द भएको छ । बजारको न्यून विन्दु १९३२ रहेकोमा बजार त्यही विन्दुमा बन्द भएको हाे ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार