अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार २३:२२:२९
२१ मंसिर , कार्णाली । उच्च अदालतमा रिट परेपछि जिल्ला मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो ।
जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको जानकारी दिए। सेवा तालिका आइतबारदेखि नै लागू भएको जनाइएको छ । यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएका थिए ।
मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ । रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार