विश्वमा हालसम्म छ करोडमा कोरोना संक्रमण
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ सोमबार १:१४:४१
२१ मंसिर, काठमाडौं । विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ ।
गत बिहीबारदेखि आजसम्म २९ हजार ८८९ जनामा पीसीआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४३५ जनामा संक्रमण पुष्टि भएको छ । सात हजार ६४४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन्। सोही अवधिमा संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । अहिले देशैभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएको जानकारी दिए । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौंमा ३५१ गरी जम्मा ४८४ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७५२ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८०५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४७७, प्रदेश नं २ बाट १९ हजार ८९२, वाग्मती प्रदेशबाट एक लाख २३ हजार ४७४, गण्डकी प्रदेश १३ हजार ६१७, लुम्बिनी प्रदेश नं चार हजार ७७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५४८ जना छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३ .७ प्रतिशत छ । हाल ३१३ जना कोभिडको बिरामी आइसियुमा उपचाररत छन् । पचपन्न जना सङ्क्रमित भेन्टिलेटरमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार