तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १२:०:२२
वि.सं. २०७७ साल मंसिर २२ गते । सोमबार इ.स.२०२० डिसेम्बर ०७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी–सप्तमी,१५ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा,१२ बजेर ०२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–विष्कुम्भ,२६ बजेर २९ मिनेट उप्रान्त प्रिती । करण–बव,१५ बजेर १६ मिनेट उप्रान्त बालव,२६ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २५ घडी ५९ पला । अन्तर्राष्ट्रिय उड्डयन दिवस ।
मेष:-( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )
अध्ययन अध्यापनमा रुची बढ्ने छ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्रस्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष:- ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )
स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ, ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाढिएर लामोदुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
मिथुन:-( का,की,कू,घ,ङ,छ,के,को,हा )
छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथीभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखी कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट:- ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )
गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोश जाँगर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
सिंह:-( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )
राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
कन्या:- ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )
सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोश जागरमा कमी आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
तुला:- ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
आयभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
बृश्चिक:- ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )
चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालाई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रशन्न हुनेछन् ।
धनु:- ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )
नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोजमुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथीको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
मकर:- ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाँती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला, गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ, ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
कुम्भ:- ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )
बिभिन्न कारणले पढाइ लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदारहरु बीच मतभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा बिलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा बिवाद हुने तथा दाम्पत्य जीवनमा चिसोपनको बिकास हुनेछ ।
मीन:- ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईको नाम अग्रस्थानमा आउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार