उठ्यो राष्ट्रिय झण्डा, झल्कियो राष्ट्रप्रेम र राष्ट्रियता
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार १:१८:२५
बिषयको उठान २०४६ सालबाटै गर्नु उपयुक्त हुन्छ । देशले ब्यवस्था परिवर्तनको आन्दोलन गर्याे । राजा र राजनीतिक दलहरुका बीचमा चैत्र २६ गते राती राजदरबारमा सहमति भई दलमाथिको प्रतिबन्ध हट्यो । तीस बर्षदेखि प्रतिबन्धित राजनीतिक दलहरु फेरी फुकुवा भए । त्यसपछि मुलुक नेताले भनेझैं प्रजातन्त्रसहितको दलगत प्रतिस्पर्धाका आधारमा शासनसत्ता सञ्चालन गर्ने अवस्था सृजना भयो, जसलाई राजनीतिक भाषामा बहुदलीय प्रजातान्त्रिक शासन ब्यवस्था भनियो ।
प्रजातन्त्र प्राप्तिपछि मुलुकमा असाध्यै धेरै कलकारखानाहरु खुल्नेछन्, गाँस, बास र कपासको पूर्ण ग्यारेन्टी हुनेछ, सुकुम्बासीलाई घरघडेरी र बेराजगारलाई काम, असहायलाई माम र नागरिकलाई उच्च सम्मान जस्ता बडो जोशिला, घतलाग्दा र आशालाग्दा राजनीतिक नारा ठोकेर राजनीतिक दलका झण्डा बोकेर नेपाली नागरिकहरु जिन्दावाद र मुर्दावादको नारा घन्काउँदै, एकताबद्ध भएर बसेको नेपाली समाजमा बिखण्डनको बिगुल बजाउँदै सडकमा निस्के । चोक, बस्ती र गल्लीमा निस्के । हिमाल, तराई र पहाडमा निस्के । अनि निस्किए बुढा, तरुण र बालक । जनताका आवाजले सिंगो सडक गुञ्जायमान भयो, भ्रष्टहरुको निदहराम र त्राहीमाम भयो । अब भने जनताले भने झैं हुने भयो भनेर जनताले आशा गरे ।
मुसा जस्ता पानीले भिजेका नेताहरु बिस्तारै कोही जेलबाट निस्किए, कोही गाउँबाट शहर उक्लिए । कोही चुनावको टिकटमा भुल्लिए कोही नेताकै बरिपरी रुमल्लिए । जेहोस्, त्यस ताकाको नेता, कार्यकर्ता र जनता बीच एउटा राम्रो सम्बन्ध स्थापित भएको थियो । यही सम्बन्धका कारण राजनीतिक दलहरुलाई जनताले पूर्ण साथ र सहयोग पनि दिए ।
हिजो आफैले फालेको शासन र आफैले फालेको राजसंस्था, आफैले गलहत्याएर नागार्जुन पुर्याईएका राजालाई गुहार माग्दै “राजा आउ देश बचाउ” भनेर सडकमा नारा लगाउन जनता आईपुगे ? भन्ने बिषय अत्यन्तै गम्भीर अनि महत्वपूर्ण पनि छ ।
कसै कसैको भाषा सापटी लिने हो भने हात्तीछाप चप्पल लगाउने दलका नेताहरु बिस्तारै चुनाव जितेर राजधानी उक्लिए । जनताले सम्मान स्वरूप मतदान गरेर पठाएका नेताहरु कोही सांसद, कोही मन्त्री र कोही प्रधानमन्त्रीमा पदोन्नती भए । यसबीचमा धेरैपटक भएका निर्वाचनले नेताका दुःखका दिन त गए तर बिचरा जनताले तातोघाममा लाईन लागेर यिनै नेतालाई धेरैपटक भोट हाले । जिन्दावाद र मुर्दावादको नारा लगाउँदै, तालु सेकाउँदै अब गाउँमा बिकास आउने कुरामा ढुक्क भएर सुते ।
हरेक पटक भोट हालेको ४ बर्षसम्म पनि गाउँमा बिकास आएन । आफैले भोट हालेर बनाएको नेता पनि गाउँमा आएको कसैले थाहै पाएन । बिकास आउला भनेर बाटो कुरेर बसेका नेपालीले ५२ सालदेखि गाउँमा बिकास देखेनन् बरू बन्दूक आएको देखे, बम र बारुदका गोला पडकिएको सुने । आफ्नै सन्तान र आफन्तको घरआँगनमा लाश देखे, रगतको खोलो बगेको देखे । जनताले दुःख गरेर बनाएका सार्वजनिक र निजी सम्पत्तिमाथि लगाईएको आगो देखे, भत्काईएको खण्डहर देखे । त्रास देखे, त्यसैभित्र भोलीको आशा पनि देखे ।
राष्ट्रियतामाथिको लगातारको प्रहारबाट देशको राष्ट्रिय एकता हल्लियो, उखेलियो, फालियो । त्यसको स्थानमा दलगत स्वार्थका आलिशान काल्पनिक महलहरु ठड्याईए । जनतालाई आश्वासनका पुलिन्दा बाँडिए । देशैभरी दलका कार्यकर्ताहरु डामेर छोडेका साँढेहरु झैं छाडिए । जनता बिस्तारै राष्ट्रियताबाट टाढिए । राष्ट्रियताका स्थानमा बिदेशी प्रभूका ईशारामा बनाईएका बिखण्डनकारी एजेण्डाहरुका मात्रै जडा गाडिए ।
चाहेको भए ३० बर्षमा देशमा अझै धेरै कलकारखाना स्थापना हुन सक्थे । भएका कलकारखानाहरुको स्तर उन्नति भएर झनै ठूला उद्योगको रुप लिन्थे । अहिलेको बिषम परिस्थितिमा बिदेशमा गएर बेल्चा हान्नु पर्ने अवस्थाबाट नेपालीहरुले मुक्ति पाउथे । यदि त्यसो भएको भए यिनै जनताले राजनीतिक दल र नेताको समेत मुक्तकण्ठले गुणगान गाउँथे ।
त्यति हुँदासम्म पनि जनताले केही होला कि भनेर पत्याए । तर नेताले देश बनाउने कुनै सोच देखाएनन् । भएको राष्ट्रिय ढुकुटी मात्रै रित्याए । दलका यस्ता हर्कत र कुकृत्यका बिरुद्धमा नेपाली जनताले अब भने बिकुल फुक्ने भएका छन् । देशको राष्ट्रियतामा दखल गर्नेहरुका बिरुद्धमा गोलबद्ध बन्दै गएका छन् । त्यसैको परिणाम हो ‘मंसिर २० गते’ शनिबार जनताको राष्ट्रप्रतिको सम्मान र समर्थनको पक्षमा शान्तिपूर्ण आन्दोलन र नागरिकको उत्साहजनक प्रदर्शन ।
जनताले अत्यन्तै बिश्वास गरेर पठाएका दलका नेता तथा जनताका प्रतिनिधिहरु अहिले किन दिनानुदिन दुर्गन्धित र बदनाम हुँदैछन् त ? यस बिषयमा न त राजनीतिक दलले छलफल गर्यो न त आफ्ना दलका बिरुद्धमा आएका टिकाटिप्पणीहरुका बिषयमा नेतृत्व तहले नै कुनै निराकरणको उपाय अबलम्बन गर्यो ? हिजो आफैले फालेको शासन र आफैले फालेको राजसंस्था, आफैले गलहत्याएर नागार्जुन पुर्याईएका राजालाई गुहार माग्दै “राजा आउ देश बचाउ” भनेर सडकमा नारा लगाउन जनता आईपुगे ? भन्ने बिषय अत्यन्तै गम्भीर अनि महत्वपूर्ण पनि छ ।
बिगत २०५० सालसम्मको तथ्यांक मात्रै हेर्ने हो भने पनि देशमा सयौं उद्योग कलकारखानाहरु सञ्चालनमा रहेको देखिन्छ । गलैंचा, गार्मेण्ट उद्योगमा मात्रै झण्डै दशलाख नेपालीले रोजगारी गरिरहेका थिए । मुलुकका रहेका अन्य उद्योगहरुमा झण्डै २० लाख नेपालीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारमा संलग्न थिए । देशमा अझै धेरै उद्योगधन्धा र कलकारखानाहरु खोल्ने आधारहरु बन्दै गएका थिए ।
तर बहुदलीय ब्यवस्थाको पुर्नस्थापना पश्चात बिदेशीको ईशारामा चल्ने नेताहरु र तिनकै डिजाईनमा भित्र्याईएको पश्चिमा मोडेलको बिनाशकारी बिकास योजनाहरुले देशमा नयाँ उद्योग र कलकारखाना बन्न त परै जाओस्, भएका सबै उद्योग कलकारखाना समेत कौडीको भाउमा बेचेर खाए । स्वदेशमै रोजगारी गरेर बसेका लाखौं नेपालीहरुलाई बिदेशी भूमिमा बेल्चा हान्न जान बाध्य बनाए ।
देशमा भएका उद्योगधन्धा, कलकारखाना क्रमशः निजीकरणको नाममा कमिशनको लोभमा वर्तमानका महान नेता भनाउँदा दलका ठेकेदारहरुले सिनित्तै बनाए । केही बिदेशी बहुर्राष्ट्रिय कम्पनीहरुलाई देशमा स्थापित गराएर नेपाली बजारमा एकाधिकारको कब्जा जमाउन सहयोग पुर्याए । चाहेको भए ३० बर्षमा देशमा अझै धेरै कलकारखाना स्थापना हुन सक्थे । भएका कलकारखानाहरुको स्तर उन्नति भएर झनै ठूला उद्योगको रुप लिन्थे । अहिलेको बिषम परिस्थितिमा बिदेशमा गएर बेल्चा हान्नु पर्ने अवस्थाबाट नेपालीहरुले मुक्ति पाउथे । यदि त्यसो भएको भए यिनै जनताले राजनीतिक दल र नेताको समेत मुक्तकण्ठले गुणगान गाउँथे ।
वर्तमानमा कायम रहेका दल र तिनले गरिरहेको सरकारका गलत कामकाजप्रतिको बिरोधमा नागरिकहरुले कुनै पनि स्थानमा भेला हुने, आफ्ना फरक मागहरु र फरक मतहरु राख्ने, सरकारका गलत काम र गलत रबैयाको बिरुद्धमा जुलुस निकाल्ने, नारा लगाउने काममा यदि सरकारले रोक लगाउने कुचेष्ठा गर्यो भने अहिले नागरिकमा देखिएको दलप्रतिको बितृष्णा नै नागरिक आन्दोलनको एकमात्र एजेण्डा बन्न सक्छ । अहिलेका भ्रष्ट नेताहरुको कमाई खाने भाडो समेत सदाका लागि बन्द हुन सक्छ । जय जनता ।
अर्बो अर्बको लगानीमा स्थापना भएका स्वदेशी उद्योगहरु जस्तैः हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना, हिमाल सिमेण्ट उद्योग, गोदाबरी र्मावल उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, बीरगञ्ज चिनी उद्योग, नेशनल ट्रेडिङ्ग, साझा सहकारी संस्था, देशमा स्थापना भएका कैयौं सार्वजनिक संस्थानहरु, साझा यातायात, ट्रली बस सेवा, बायुसेवा निगम जस्ता नेपाली नागरिकहरुलाई रोजगार प्रदान गर्दै देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएका उद्योग कलकारखानाहरु धरासायी हुँदै कतिपय बन्द गराए ।
यी सबैको सुक्ष्म रुपमा निगरानी गरिरहेका नेपाली नागरिकहरु क्रमशः राजनीतिक दलका एकपछिका अर्का गलत कामहरुबाट आजित हुँदै जान थाले । राजाले एकताको शुत्रमा बाँधेको देश र त्यही देशमा एकताबद्ध भएर बसेका नेपालीहरुमा ल्याएको फुट र नैराश्यतालाई चिर्न अहिले नेपाली नागरिकहरु देशको राष्ट्रिय झण्डा हातमा बोकेर फेरी सडकमा निस्किएका छन् । हिजो नेता भए केही नचाहिने नेपाली नागरिकहरु नै आज “राजा आउ देश बचाउ” भन्दै हारगुहार मागिरहेका छन् ।
राष्ट्रको मन्त्री तथा स्वयं प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रमहरुमा पनि दलको झण्डा फरफराउने अनि राष्ट्रिय झण्डा हराउने अवस्था सृजना भएको वर्तमान अवस्थामा स्वयं प्रधानमन्त्री र मन्त्रीहरु नै राष्ट्रिय एकता र राष्ट्रियता भन्दा दलगत स्वार्थमा लिप्त भएका कारण पनि आम नेपाली नागरिकमा राष्ट्रियताको भावना हराउँदै गएको र त्यसैका कारण राष्ट्रियता कमजोर बन्दै गएको कुरामा दुईमत छैन । जनताकै प्रकाण्ड बहुमत प्राप्त वर्तमान सरकार जनताकै जुलुससँग डराएर निहत्था नागरिकको शान्तिपूर्ण आन्दोलनलाई निषेध गर्न लागिपरेको छ । ३ करोड नेपाली रहेको मुलुकमा ३० लाखलाई बहुमत मान्दै २ करोड ७० लाखमाथि दवदवा गर्नसक्नुलाई प्रजातन्त्र बुझ्नु नै वर्तमान राजनीतिको समस्याको मुल चुरो हो ।
वर्तमानमा कायम रहेका दल र तिनले गरिरहेको सरकारका गलत कामकाजप्रतिको बिरोधमा नागरिकहरुले कुनै पनि स्थानमा भेला हुने, आफ्ना फरक मागहरु र फरक मतहरु राख्ने, सरकारका गलत काम र गलत रबैयाको बिरुद्धमा जुलुस निकाल्ने, नारा लगाउने काममा यदि सरकारले रोक लगाउने कुचेष्ठा गर्यो भने अहिले नागरिकमा देखिएको दलप्रतिको बितृष्णा नै नागरिक आन्दोलनको एकमात्र एजेण्डा बन्न सक्छ । अहिलेका भ्रष्ट नेताहरुको कमाई खाने भाडो समेत सदाका लागि बन्द हुन सक्छ । जय जनता ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार