कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १८:३५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/kathalogo_mTobYAkYCH.jpg)
२२ मंसिर, काठमाडौं । मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आइतबारदेखि शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि। को आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको हिजाे एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो ।
अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीहरुबीच प्रतिस्पर्धा गराइने कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरि पठाउने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले औपचारिकरुपमा घोषणा गरे ।
सो अवसरमा पौडेलले देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नकालागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नाट्य निर्देशक एवम् विशिष्ट अतिथि विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कला प्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलले यो नाट्य अभियानलाई सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्न आवहान गरे । त्यसैगरी सामाजिक अभियन्ता रीता परियारले सबै क्षेत्रका व्यक्तिहरुकालागि एकै ठाँउमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ भएको बताए ।
पछिल्लो समय विश्वभर कोभिड –१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरुलाई स्टोरी टेलिङ ‘कथावाचन’ मार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए । कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेहरुलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए । उनले कोरोना कालमा बन्द रहेको रंगमञ्च, चलचित्र क्षेत्रकालागि वैकल्पिक मञ्चकोरुपमा कथा कुथुङ्ग्री च्याम्पियन शुरु भएको बताए ।
विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सहभागीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ । प्रथम हुनेलाई रु दुई लाख, द्वितीयकालागि रु एक लाख पचास हजार र तृतीय हुनेलाई रु। पचास हजार नगद सहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिए ।
यस कार्यक्रम सफल बनाउनको लागि विभिन्न नाट्य समूह, सहकारी संघ संस्था, शैक्षिक संघसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताए । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हने उक्त नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह छिन ।
हाम्रो जस्तो बहुजाती, बहुभाषी र बहु संस्कृति जस्ता विविधताले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएको हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीको लागि घरदेश छोडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथा कुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताए ।
थापाले ओझेलमा परेका, छेकिएका,नदेखिएका हाम्रा सातै प्रदेशका कथा र प्रतिभाहरूलाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथा कुथुङ्ग्री च्याम्पियन भएको बताए । कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागीहुन चाहनेहरुले http://kathachamp.harekpalnews.com मा रहेको फाराम भर्नुपर्ने पनि उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार