बन्दाबन्दी खुलेको लामो समयपछि भकुण्डेमा चहलपहल

नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १८:५१:०

२२ मंसिर, बलेवा । सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । ‘सामुदायिक घरबासको गाउँ’ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् ।
बिहानै देखिने सूर्योदयको दृष्यदेखि सूर्यास्तसम्म क्षितिजमा देखिने मनमोहक दृष्यले पर्यटक लोभ्याउने गरेको छ । भकुण्डेमा दृष्यावलोकन स्तम्भ र घरबासको अनौठो संयोग छ । दृष्यावलोकन स्तम्भ पुग्न हिँडेका पर्यटकका लागि यहाँका घरबासले आधार दिन्छन् ।
गाउँ पुग्ने पर्यटकलाई यहाँका घरबास सञ्चालक स्वागत गर्न आतुर हुन्छन् । भकुण्डेका पुरानो अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापा त भकुण्डे पुग्ने जोकोहीलाई स्वागतमा पुग्छन । घरबास, स्थानीय उत्पादन र दृष्यावलोकन स्तम्भको संयोजनले चलायमान रहेको भकुण्डे पछिल्लो छ महिना सुनसान रह्यो । पाहुनाका लागि भनेर बनाइएको मूलाको सिन्की कामै नलाग्ने भयो । स्थानीय जातका कुखुरा बुढिएका छन् ।
कोदोका पिठोमा चिलेसा पर्ने बेला भइसक्यो । कोरोनाले देशका अन्य क्षेत्रमा जस्तै भकुण्डेका पर्यटनमा पनि प्रभाव पा¥यो । “कहिले सजिलो होला जस्तो भयो, पाहुना डाक्न आतुर हुने हामीहरु कोही आउँदा पनि के हुन्छ जस्तो लाग्यो”, घरबास सञ्चालक चन्द्रवीर थापाले भने, “महामारीले चौपट बनायो ।” महामारी रोक्न गरिएको बन्दाबन्दी खुलेको लामो समयपछि भकुण्डेमा चहलपहल देखिन थालेको छ । घरबास सञ्चालककै बीचमा गण्डकी प्रदेश सरकारले भकुण्डेमा पुगेर कार्यशाला ग¥यो ।
आन्तरिक पर्यटक छिटपुट पुग्न थालेका छन् । दृष्यावलोकन स्तम्भ घुम्न जाने चिया र पानीका लागि मात्रै भए पनि घरबासमा पस्छन् । “हामीले अब पेशा नै यही हो भनेर लाग्यौँ, मान्छेलाई नै शङ्का गर्नुपर्ने अवस्था आएपछि व्यवसाय चौपट भयो”, घरबासका अध्यक्ष थापाले भने, “अब फेरि भकुण्डे बौरिन्छ ।” यहाँका घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि घरबास खुल्ला गरेका छन् ।
दृष्यावलोकन स्तम्भ घुम्नका लागि सामाजिक दूरीको ख्याल गर्दै पुग्न आग्रह गर्छन् । “हामी बूढापाकाले मात्रै शुरु गरेको घरबासमा विस्तारै युवा आकर्षित हुँदै थिए, अहिलेसम्म धेरै परिवर्तन हुन्थ्यो”, उनी भन्छन “पाहुनाका लागि कोशेली र स्थानीय संस्कृतिको प्रदर्शन गर्ने तयारीलगायतका कामसमेत अल्झिए ।”
लामो समय एक घरबाट अर्को घर पुग्न नपाएका कारण पनि आपसी सल्लाह गर्न नपाएका उनको गुनासो थियो । भकुण्डेमा अब घरबास, स्थानीय खानाको स्वाद, दृष्यावलोकन स्तम्भ र सूर्योदय तथा सूर्यास्तको अलवा उद्यानकोसमेत प्रबन्ध हुँदैछ । दृष्यावलोकन स्तम्भ रहेको अघिपट्टिको टापुमा लखन थापाको शालिकसहितको उद्यान निर्माणको तयारी थालिएको छ ।
“हामीले पर्यटनमा भविष्य देखेका छौँ, यसलाई राम्रो व्यवसाय बनाउन चाहन्छौँ”, स्थानीय यामबहादुर थापा भन्छन, “भकुण्डे चिनारीसहितको घरबासको गाउँ हुन्छ ।” सरकारले घरबासको मापदण्ड तोकिदिएपछि भकुण्डेमा घरबास थपिनेक्रम शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार